भारतीय प्रवासीले विश्वभरबाट १ खर्ब २५ अर्ब ‍डलर स्वदेश पठाए | Khabarhub Khabarhub

भारतीय प्रवासीले विश्वभरबाट १ खर्ब २५ अर्ब ‍डलर स्वदेश पठाए


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रवासीले विश्वभरबाट कीर्तिमानी १ खर्ब २५ अर्ब अमेरिकी डलर स्वदेश पठाएको पाइएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा भारतीय प्रवासीले विश्वभरबाट १ खर्ब २५ अर्ब डलर स्वदेश पठाएको जनाइएको छ ।

यससँगै भारत विश्वभरबाट सबैभन्दा धेरै रेमिट्यान्स पाउने देश बन्न पुगेको छ । यसबाट भारतीय प्रवासीले अस्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलायतजस्ता मुलुकको समाजमा पु¥याउँदै आएको योगदान पनि स्पष्ट हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २०२३ को डिसेम्बर १८ मा प्रकाशित विश्व बैंकको आप्रवासन एवम् विकास प्रतिवेदनमा कम तथा मध्यम आय भएका मुलुकतर्फ रेमिट्यान्सको प्रवाह ६ खर्ब ६९ अर्ब डलर पुगेको जनाइएको छ । यसमध्ये भारतको हिस्सा १ खर्ब २५ अर्ब रहेको छ ।

यो दक्षिण एसियामा आउने रेमिट्यान्सको कूल हिस्साको ६६ प्रतिशत हो । अघिल्लो वर्ष भारतीय आप्रवासीले विश्वभरबाट १ खर्ब ११ अर्ब २२ करोड डलर स्वदेश पठाएका थिए ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  २ : ४६ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग