भारतीय नागरिकहरु दुबईमा धमाधम घर किन्दै « Khabarhub

भारतीय नागरिकहरु दुबईमा धमाधम घर किन्दै


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दुबई- संयुक्त अरब इमिरेट्सको दुबईमा भारतीय नागरिकहरु घरजग्गामा लगानी गर्न आकर्षित हुँदै गएका छन् । हालै प्रकाशित एक प्रतिवेदनमा रुसी नागरिकलाई उछिन्दै भारतीय नागरिकले दुबईमा कीर्तिमानी स्तरमा घरजग्गामा लगानी गरेको पाइएको छ ।

ड्रिम होम्सले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२३ को पहिलो ६ महिनामा भारतीयहरुले दुबईको घरजग्गामा ३३ करोड ५० लाख डलर लगानी गरेका छन् । यससँगै दुबईमा घरजग्गाको कारोबार पनि ह्वात्तै बढेको छ ।

डब्लू क्यापिटल कम्पनीका प्रमुख कार्यकारी वालिद अल जरुनीका अनुसार सन् २०२३ को अन्त्य हुनु एक महिनाअघिसम्म दुबईमा १ लाख २७ हजारवटा घरजग्गा किनबेचसम्बन्धी सम्झौता भएका थिए ।

घरजग्गा खरिद गर्नेलाई यूएईले १० वर्ष बासोबास अनुमतिसहित गोल्डेन भिसा दिने भएकाले पनि भारतीय धनाढ्यहरु दुबईमा घरजग्गा खरिद गर्न आकर्षित हुने गरेको इण्डियाब्लुम्सले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ४ : ५४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको