भारतीय पर्यटकलाई आकर्षित गर्ने पश्चिम अस्ट्रेलियाको योजना « Khabarhub

भारतीय पर्यटकलाई आकर्षित गर्ने पश्चिम अस्ट्रेलियाको योजना


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्थ- भारतीय पर्यटकलाई आकर्षित गर्न पश्चिम अस्ट्रेलियाले नयाँ योजना अघि सारेको छ । आफ्नो क्षेत्रको अर्थतन्त्रलाई विविधीकरण गर्ने उद्देश्यले पश्चिम अस्ट्रेलियाले पर्यटन क्षेत्रमा नयाँ योजना ल्याएको हो ।

नयाँ योजनामा भारतीय पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम पनि समावेश रहेको छ । यसअनुसार पश्चिम अस्ट्रेलियालाई दक्षिण भारतीय सहरसँग प्रत्यक्ष हवाई सम्बन्ध गर्ने तयारी पनि गरिएको छ । हालसम्म भारत र पश्चिम अस्ट्रेलियाबीच प्रत्यक्ष हवाई सेवा सञ्चालन हुन सकेको छैन ।

पश्चिम अस्ट्रेलियाकी उपप्रधान एवम् यातायात तथा पर्यटनमन्त्री रिटा साफिओटीले हालै भारतको भ्रमण गरेकी छिन् । भ्रमणका क्रममा उनले भारतका होटेल, हवाई, पर्यटनजस्ता क्षेत्रका उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गरी सहकार्यबारे छलफल गरेकी छिन् ।

भारत भ्रमणका क्रममा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले आफ्नो क्षेत्रमा भारतीय लगानीकर्ताका लागि ठूलो अवसर रहेको बताइन् । भारत पश्चिम अस्ट्रेलियाको १० औँ ठूलो व्यापारिक साझेदार रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ०० बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने