भारतीय पर्यटकलाई आकर्षित गर्ने पश्चिम अस्ट्रेलियाको योजना | Khabarhub Khabarhub

भारतीय पर्यटकलाई आकर्षित गर्ने पश्चिम अस्ट्रेलियाको योजना


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्थ- भारतीय पर्यटकलाई आकर्षित गर्न पश्चिम अस्ट्रेलियाले नयाँ योजना अघि सारेको छ । आफ्नो क्षेत्रको अर्थतन्त्रलाई विविधीकरण गर्ने उद्देश्यले पश्चिम अस्ट्रेलियाले पर्यटन क्षेत्रमा नयाँ योजना ल्याएको हो ।

नयाँ योजनामा भारतीय पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम पनि समावेश रहेको छ । यसअनुसार पश्चिम अस्ट्रेलियालाई दक्षिण भारतीय सहरसँग प्रत्यक्ष हवाई सम्बन्ध गर्ने तयारी पनि गरिएको छ । हालसम्म भारत र पश्चिम अस्ट्रेलियाबीच प्रत्यक्ष हवाई सेवा सञ्चालन हुन सकेको छैन ।

पश्चिम अस्ट्रेलियाकी उपप्रधान एवम् यातायात तथा पर्यटनमन्त्री रिटा साफिओटीले हालै भारतको भ्रमण गरेकी छिन् । भ्रमणका क्रममा उनले भारतका होटेल, हवाई, पर्यटनजस्ता क्षेत्रका उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गरी सहकार्यबारे छलफल गरेकी छिन् ।

भारत भ्रमणका क्रममा भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले आफ्नो क्षेत्रमा भारतीय लगानीकर्ताका लागि ठूलो अवसर रहेको बताइन् । भारत पश्चिम अस्ट्रेलियाको १० औँ ठूलो व्यापारिक साझेदार रहेको जनाइएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ०० बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो