पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन « Khabarhub

पोखरा थिएटरमा ‘१२ दुर्वासा’ नाटक मञ्चन


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा थिएटरको गन्धर्व नाटकघरमा गत पुुस २६ गतेदेखि मञ्चन सुरुभएको नाटक ‘१२ दुर्वासा’ नाटक १९ पटक पटक प्रदर्शन गरिएको छ ।

पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनीसहित १३ कलाकारले अभिनय गरेका थिए । अभिनय गर्नेमा रमेशबाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सना विश्वकर्मा र रोहित पौडेल थिए ।

यसमा यसअघि मञ्चन भएका नाटकभन्दा केही फरक अनुुभूति मिलेको दर्शकका साथै अभिनय गरेका कलाकार समेतले प्रतिक्रिया दिएका छन् । सबै जनाको मिहिनेतका कारण नाटक मञ्चन सफल भएको पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङले जानकारी दिए।

अमेरिकन नाटककार रेग्नाल्ड रोजद्वारा लिखित नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका थिए । नाटकका लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको र यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएको उनले बताए ।

‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रित छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ ।

उनीहरूको विचारमा देखिने विविधता र सङ्घर्ष नै नाटकको विषयवस्तु थियो । यो विषयवस्तुलाई प्रभावकारी बनाउँदै निष्कर्षमा पुग्न कलाकारले गरेको अभिनयात्मक बहस प्रशंसायोग्य थियो । उनीहरूको रोचक बहसले दर्शकलाई आकर्षित गराएको थियो ।

सन् २०५४ मा टेली प्ले (टेलिभिजन सिरिज)का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको नाट्य चलचित्र निर्माण भएका छन् । यस नाटकले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समाजको चित्रण गरेको छ ।

लगातार विद्यार्थी केन्द्रित नाटक मञ्चन भइरहेको समयमा त्यसभन्दा भिन्न खालको नाटक प्रस्तुत गर्न गरिएको प्रयास सफल भएको निर्देशक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । यो नाटकबाट अभिनयको क्षेत्रमा समेत पुनः फर्किएका परिवर्तनले नाटक मञ्चनलाई भव्य बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १० : १९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा