निर्माण थालेको दश वर्षपछि ठिमुरा-देवघाट पुल सञ्चालन | Khabarhub Khabarhub

निर्माण थालेको दश वर्षपछि ठिमुरा-देवघाट पुल सञ्चालन


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आएको छ । लामो समयपछि पुल सम्पन्न भएर सञ्चालनमा आएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार निर्माणका क्रममा प्राविधिक समस्या आएको, हावाहुरीले निर्माणकै क्रममा ढलेकोलगायत कारण काममा ढिलाइ भएको थियो । निर्माण कार्य सुरु हुनुअघि बनाइएको नक्साङ्कन बीचमा संशोधन गर्नुपर्दा समय लागेको पनि उनले बताए। निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो ।

पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो रहेको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको उनले जानकारी दिए।

भरतपुर महानगरपालिका–१ ठिमुरादेखि तनहुँको देवघाट गाउँपालिका–५ को घिनटार जोड्ने त्रिशूली नदीमाथिको यो पुल निर्माणको कार्य विसं २०७१ को कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको हो । निर्माणका क्रममा २०७७ साल चैत २४ गते पहिलोपटक र दोस्रो पटक २०७९ वैशाखमा भत्किएको थियो । 

पुल निर्माणका लागि सुरुमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार रहेको छ । पौडेलले नक्सांकन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ आदि कारण काममा ढिलाइ भएको जानकारी दिए। यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र सर्वसाधारण लाभान्वित भएका छन् । 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १ : ५४ बजे

आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा अवस्थित जोङलुङ गुम्बा निर्माण तथा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार 

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार

कालीगण्डकी सडक अवरुद्ध

गुल्मी– पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ

पूर्वहरूमा जागेको जग हँसाउने जाँगर !

राजा महेन्द्रले आफ्ना विश्वासपात्र विष्णुमणि आचार्यलाई मन्त्रिमण्डलमा लैजान योग्य व्यक्तिको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा