नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोमा हुने « Khabarhub

नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोमा हुने


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वार्सा– आर्कटिक जेलमा गत हप्ता मृत्यु भएका रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोको एक चर्चमा गरिने भएको उनका राजनीतिक सहयोगीले बताएका छन् ।

नाभाल्नीको मृत्यु भएको एक साताभन्दा बढी समयपछि अधिकारीहरूले गत शनिबार उनको शव उनकी आमालाई सुम्पेका थिए ।

नभाल्नीका सहयोगी समूहले सामाजिक सञ्जालमा बुधबार पोष्ट गरेको सन्देशमा भनिएको छ, ‘नभाल्नीको अन्त्येष्टि १ मार्चका दिन मेरिनोको ‘मदर अफ गड क्वेन्च माई सोरोज’ नामक चर्चमा स्थानीय समय अनुसार दिउसो २ः०० बजे गरिनेछ । सबै जना समयमै त्यहाँ आइपुग्नुहोला ।’

उनको अन्त्येष्टि नजिकैको बोरिसोभ कब्रिस्तानमा गरिने बताइएको छ । उनको टोलीले सेवा आयोजना गर्न इच्छुक चर्च भेट्टाउन गाह्रो भएको बताएको छ ।

‘हामीले मार्च १ का लागि चर्च र हल खोज्न थाल्यौं। जताततै तिनीहरूले हामीलाई केही पनि दिन इन्कार गरे । केही ठाउँमा हामीलाई यो निषेध गरिएको बताइयो,’ निर्वासित सहयोगी इवान झादानोभले पोष्ट गरेको सन्देशमा भनिएको छ । 

‘हामीलाई उनीहरूको निर्देशनको कुनै मतलव हुने छैन । नाभाल्नीको अन्त्येष्टि आवश्यक छ । अन्तिम सम्मान गर्ने मौका पाउनका लागि पहिल्यै आउनु नै बेस हुन्छ,’ उनले सन्देशमा लेखेका छन् । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा मुखर आलोचक नाभाल्नीको गत फेब्रुअरी १६ मा उत्तरी साइबेरियाको सबैभन्दा कठिन कारागारमा निधन भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ३६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस