नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोमा हुने | Khabarhub Khabarhub

नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोमा हुने


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वार्सा आर्कटिक जेलमा गत हप्ता मृत्यु भएका रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको अन्त्येष्टि शुक्रबार मस्कोको एक चर्चमा गरिने भएको उनका राजनीतिक सहयोगीले बताएका छन् ।

नाभाल्नीको मृत्यु भएको एक साताभन्दा बढी समयपछि अधिकारीहरूले गत शनिबार उनको शव उनकी आमालाई सुम्पेका थिए ।

नभाल्नीका सहयोगी समूहले सामाजिक सञ्जालमा बुधबार पोष्ट गरेको सन्देशमा भनिएको छ, ‘नभाल्नीको अन्त्येष्टि १ मार्चका दिन मेरिनोको ‘मदर अफ गड क्वेन्च माई सोरोज’ नामक चर्चमा स्थानीय समय अनुसार दिउसो २ः०० बजे गरिनेछ । सबै जना समयमै त्यहाँ आइपुग्नुहोला ।’

उनको अन्त्येष्टि नजिकैको बोरिसोभ कब्रिस्तानमा गरिने बताइएको छ । उनको टोलीले सेवा आयोजना गर्न इच्छुक चर्च भेट्टाउन गाह्रो भएको बताएको छ ।

‘हामीले मार्च १ का लागि चर्च र हल खोज्न थाल्यौं। जताततै तिनीहरूले हामीलाई केही पनि दिन इन्कार गरे । केही ठाउँमा हामीलाई यो निषेध गरिएको बताइयो,’ निर्वासित सहयोगी इवान झादानोभले पोष्ट गरेको सन्देशमा भनिएको छ । 

‘हामीलाई उनीहरूको निर्देशनको कुनै मतलव हुने छैन । नाभाल्नीको अन्त्येष्टि आवश्यक छ । अन्तिम सम्मान गर्ने मौका पाउनका लागि पहिल्यै आउनु नै बेस हुन्छ,’ उनले सन्देशमा लेखेका छन् । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा मुखर आलोचक नाभाल्नीको गत फेब्रुअरी १६ मा उत्तरी साइबेरियाको सबैभन्दा कठिन कारागारमा निधन भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ३६ बजे

मकै खेती विस्तारले जटिल बन्दै झापामा हात्ती समस्या

झापा – सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि

बिस्का नखः जात्राको अवसरमा टोखामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा वैशाख ४

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि सगरमाथा

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै

काठमाडौं – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार) छेडिने (ब्रेक