मिटरव्याज-लघुवित्त पीडितहरूलाई रिहाई गर्न एमालेको माग  « Khabarhub

मिटरव्याज-लघुवित्त पीडितहरूलाई रिहाई गर्न एमालेको माग 


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले संसद् भवन प्रवेश गरेर आन्दोलन गर्ने मिटरव्याज–लघुवित्त पीडितहरूलाई बिनासर्त रिहाई गर्न सरकारसँग माग गरेको छ । 

बुधबार एमाले संसदीय दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग छलफल गर्दै सरकारको सुरक्षाकमजोरीका कारण मिटरव्याज–लघुवित्त पीडितहरू संसद् भवन प्रवेश गरको भन्दै उनीहरूलाई बिनासर्त रिहाई गर्दै मुद्दा नचलाउन माग गरेको हो ।

४८ जना महिला र एक जना पुरुष आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरि मुद्दा चलाउने तयारी गरेको छ । त्यस्तै एमालेले सुरक्षा कमजोरी गर्नेलाई कारवाही गर्न माग गरेको छ भने मिटरव्याज-लघुवित्त पीडितको माग सम्बोधन गर्ने सुनिश्चितता गर्न समेत माग गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । त्यस्तै बानेश्वर र सिंहदरबार वरिपरि फुटपातमा सर्वसाधारणलाई हिँड्न समेत रोक लगाएर तारबार लगाएको भन्दै यस्तो काम बन्द गर्न माग गरेको उनले बताए ।

जवाफमा गृहमन्त्रीले मिटरव्याज–लघुवित्त पीडितहरुको विनासर्त रिहाई र मुद्दा नचलाउने गरि सहजीकरण गर्ने र मिटरव्याज–लघुवित्त पीडितको माग सम्बोधन हुने गरि वार्तामा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको बर्तौलाले बताए । 

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ४६ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक