मेलुङका महिलाहरूलाई साबुन बनाउने तालीम  « Khabarhub

मेलुङका महिलाहरूलाई साबुन बनाउने तालीम 


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको मेलुङ गाउँपालिकाले स्थानीय महिलालाई आत्मनिर्भर बनाउन साबुन बनाउने तालीम दिएको छ। गाउँपालिकाले वडा नम्बर-३ का स्थानीय महिलाहरूलाई लक्षित गरि १० दिने साबुन बनाउन सिकाएको हो।

पालिकाको लघु लघुउद्यम विकास शाखाले सीप किसाएर आत्मनिर्भर बनाई गरिबी निवारण गर्ने उद्देश्यले  १८ जना स्थानीय महिला तथा पुरुषलाई १० दिन लुगा धुने साबुन बनाउन सिकाएको लघुउद्यम विकास शाखामा कार्यरत दिनेश थापाले बताए।

फागुन ६ गतेदेखि १५ गतेसम्म वडा नम्बर-३ सञ्चालन भएको थियो। तालीमको मंगलबार गाउँपालिका अध्यक्ष हिराकुमार थोकर र उपाध्यक्ष गायत्री आचार्यको उपस्थितिमा समापन  गरिएको थियो

दैनिक सरसफाइका लागि आवश्यक पर्ने  साबुन बनाउने सीपले स्थानीय महिलाहरू खुसी देखिएका थिए। तालीम सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष थोकरले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा व्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न दुई तीन जना मिलेर व्यवसायको रूपमा सुरु गर्न सहभागीहरूलाई सुझाव दिए ।

आर्थिक अवस्था कमजोर भएका तथा सीप सिकाएर आर्थिकस्तर उकास्ने उद्देश्यले साबुन बनाउने तालिम आयोजना गरिएको गाउँपालिकाकी उपाध्यक्ष आचार्यले बताइन्। पालिकाले सिन्धुपाल्चोक देखि प्रशिक्षक र कच्चा पदार्थ ल्याएर स्थानीय स्रोतसाधनको प्रयोग गरेर महिलाहरूलाई तालीम दिएको हो।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ५३ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका