चैत १६ गते राप्रपाले काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने « Khabarhub

चैत १६ गते राप्रपाले काठमाडौं केन्द्रित जनसंघर्ष गर्ने


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपाले चैत १६ गते काठमाडौं केन्द्रीत जनसंघर्ष गर्ने निर्णय गरेको छ । पार्टीले फागुन ९ गते नेपाल सरकार समक्ष पेश गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबावका कार्यक्रम संचालन गर्ने र काठमाण्डौंमा जनसंघर्ष गर्ने निर्णय गरेको हो ।

यसक्रममा राप्रपाले आज राजधानीमा सबै जिल्लाको प्रतिनिधिमुलक आन्दोलन सम्बन्धि प्रशिक्षण गरेको छ। अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा, महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमसेर राणाले संघर्षको कार्यक्रमको खाका, कोषाध्यक्ष, आर्थिक समिति संयोजक निलकण्ठ काफ्लेले अर्थ व्यवस्थापन र प्रवक्ता एवं आन्दोलन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको छ।

राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा गर्नेछ। यसैगरी चैत १० गते देशका मुख्य शहरमा मोटरसाइकल ऱ्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संगठनले राष्ट्रिय झण्डा सहित राजधानीमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।

राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासंग सम्बन्धित तथा देशको दीर्घकालीन हितका विषयमा राप्रपाले सरकारलाई पेश गरेको ४० बॅुदे ज्ञापनपत्रका विषयमा देशव्यापी जागरण गर्दै चैत १६ गते काठमाण्डौंमा बृहत जनसंघर्ष गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ८ : ०८ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा