सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री « Khabarhub

सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले विगत चार वर्षदेखि बस्न नसकेको सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनबमोजिम गठित राष्ट्रिय समन्वय परिषद्को बैठक यसै वर्ष दुईपटक बसी सङ्घीयताको कार्यान्वयनका सम्बन्धमा विभिन्न निर्णयहरू भएको जानकारी दिए ।

उनले राष्ट्रिय निकुञ्ज र आरक्षण क्षेत्रमा आयोजना सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको र नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिका लागि सोको उपयोगसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको स्पष्ट गरे।

प्रधानमन्त्री दाहालले काठमाडौँ–तराई मधेस दू्रतमार्ग, बूढीगण्डकी जलविद्युत् आयोजना, हुलाकी राजमार्ग, जयनगर–जनकपुर–कुर्था–भगाहा रेल, सुनकोसी मरिण डाइभर्सनलगायत आयोजना र कामलाई गति दिन सरकार प्रयत्नशील रहेको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ८ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको