भारतीय क्रिकेटरको तलब वार्षिक एकदेखि सात करोड भारुसम्म « Khabarhub

भारतीय क्रिकेटरको तलब वार्षिक एकदेखि सात करोड भारुसम्म


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले २०२३/२४ मा खेलाडीको सेन्ट्रल कन्ट्रयाक सार्वजनिक  गरेको छ ।

बिसीसीआईले बुधबार सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाकमा क्रिकेट खेलाडीलाई चार ग्रेडमा विभाजन गरिएको छ ।त्यस्तै राष्ट्रिय टिममा रहेका र घरेलु प्रतियोगिता नखेलेका श्रेयस अय्यर र इशान किशनलाई बोर्डले सेन्ट्रल कन्ट्रयाकबाट बाहिर राखेको छ ।

सेन्ट्रल कन्ट्रयाक्टको ए प्लस ग्रेडमा रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा रहेका छन् । उनीहरुले बोर्डबाट बार्षिक ७ करोड भारु पारिश्रमिक पाउने छन् ।

त्यस्तै ग्रेड ए मा आर आश्विन, मोहमद शामी, मोहमद सिराज, केएल राहुल, शुभमन गिल र हार्दिक पाण्डेय रहेका छन् । उनीहरुले बार्षिक ५ करोड भारु पारिश्रमिक पाउने छन् ।

त्यसैगरी ग्रेड बी मा सूर्यकुमार यादव, ऋषव पन्त, कुलदीप यादव, अक्सर पटेल र यशस्वी जैसवाल रहेका छन् । उनीहरुको बार्षिक पारिश्रमिक ३ करोड भारु रहेको छ ।

त्यस्तै ग्रेड सी मा रिंकु सिंह, तिलक बर्मा, रुतुराज गायकवाड, श्रदुल ठाकुर, शिभम दुवे, रवि विश्नोई, जितेश शर्मा, वाशिंटन सुन्दर, मुकेश कुमार, संजु सामसन, अर्शदीप सिंह, केएस भरत, प्रसिद्ध कृष्ण, अभेश खान र रजत पाटीदार रहेका छन् । उनीहरुले बार्षिक एक करोड भारु पारिश्रमिक पाउने छन् ।

साथै हाल टेस्ट टिममा रहेका सरफराज खान र ध्रुव जुरेलले इङल्याण्डविरुद्धको पाँचौं टेस्ट खेलेमा उनीहरुपनि ग्रेडमा रहने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ८ : ५९ बजे

आयुर्वेद डा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं – काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साहका पिता आयुर्वेद डा.

चुनावअघि महाधिवेशन हुनुपर्छ भन्ने कांग्रेससंस्थापननिकट केन्द्रीय सदस्यले गरे नियमित तालिकाको स्वागत

काठमाडौँ– चुनावअघि नै महाधिवेशन हुनुपर्ने भन्दै अभियान चलाएका कांग्रेस संस्थापननिकट

तोरीले पहेँलपुर बेथानचोकका बारी

धुलिखेल – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी

न्याय सेवा आयोगले गर्‍यो सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं- न्याय सेवा आयोगले सहसचिव र उपसचिवको सरुवा गरेको छ।

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो

जाकार्ता – इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको विनाशकारी बाढी