भारतीय क्रिकेटरको तलब वार्षिक एकदेखि सात करोड भारुसम्म « Khabarhub

भारतीय क्रिकेटरको तलब वार्षिक एकदेखि सात करोड भारुसम्म


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले २०२३/२४ मा खेलाडीको सेन्ट्रल कन्ट्रयाक सार्वजनिक  गरेको छ ।

बिसीसीआईले बुधबार सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाकमा क्रिकेट खेलाडीलाई चार ग्रेडमा विभाजन गरिएको छ ।त्यस्तै राष्ट्रिय टिममा रहेका र घरेलु प्रतियोगिता नखेलेका श्रेयस अय्यर र इशान किशनलाई बोर्डले सेन्ट्रल कन्ट्रयाकबाट बाहिर राखेको छ ।

सेन्ट्रल कन्ट्रयाक्टको ए प्लस ग्रेडमा रोहित शर्मा, विराट कोहली, जसप्रित बुमराह र रविन्द्र जडेजा रहेका छन् । उनीहरुले बोर्डबाट बार्षिक ७ करोड भारु पारिश्रमिक पाउने छन् ।

त्यस्तै ग्रेड ए मा आर आश्विन, मोहमद शामी, मोहमद सिराज, केएल राहुल, शुभमन गिल र हार्दिक पाण्डेय रहेका छन् । उनीहरुले बार्षिक ५ करोड भारु पारिश्रमिक पाउने छन् ।

त्यसैगरी ग्रेड बी मा सूर्यकुमार यादव, ऋषव पन्त, कुलदीप यादव, अक्सर पटेल र यशस्वी जैसवाल रहेका छन् । उनीहरुको बार्षिक पारिश्रमिक ३ करोड भारु रहेको छ ।

त्यस्तै ग्रेड सी मा रिंकु सिंह, तिलक बर्मा, रुतुराज गायकवाड, श्रदुल ठाकुर, शिभम दुवे, रवि विश्नोई, जितेश शर्मा, वाशिंटन सुन्दर, मुकेश कुमार, संजु सामसन, अर्शदीप सिंह, केएस भरत, प्रसिद्ध कृष्ण, अभेश खान र रजत पाटीदार रहेका छन् । उनीहरुले बार्षिक एक करोड भारु पारिश्रमिक पाउने छन् ।

साथै हाल टेस्ट टिममा रहेका सरफराज खान र ध्रुव जुरेलले इङल्याण्डविरुद्धको पाँचौं टेस्ट खेलेमा उनीहरुपनि ग्रेडमा रहने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ८ : ५९ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र