प्रतिभा चिन्न नसकेको आरोपबारे के भन्छन् नेपाल आइडलका निर्णायक ? « Khabarhub

प्रतिभा चिन्न नसकेको आरोपबारे के भन्छन् नेपाल आइडलका निर्णायक ?


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आइडलका निर्णायक न्यहूँ बज्राचार्यले मेनुका पौडेललाई आफूहरुले गरेको सहयोग नदेखेको प्रतिक्रिया दिएका छन् ।

नेपाल आइडलको पाँचौ संस्कारबारे जानकारी दिन सोल्टी होटलमा बुधबार आयोजनका गरिएको कार्यक्रममा बज्राचार्यले मेनुकाको प्रतिभाअनुरुप आइडलमा स्थान दिइएको स्पष्ट पारे । भोटिङका आधारमा उनी टप ११ बाट बाहिरिनुमा निर्णायकहरुको कुनै हात नभएको उनले बताए ।

इन्डियन आइडलमा गएर चर्चा कमाएसँगै नेपाल आइडलका निर्णायकमाथि प्रतिभा चिन्न नसकेको भन्ने आरोप तर्क संगत नभएको उनको दाबी छ । उनी थप्छन्, ‘हामी जज भएको अन्य कार्यक्रममा उसलाई सहभागी गराएको हो । यो कुरा भन्दा मेरा नजिकका मान्छे बुझेनन् । स्ट्याटस लेखी हाल्छन् ।’

त्यस्तै, आइडलकी अर्की निर्णायक इन्दिरा जोशीले भने मेनुका जस्तै अन्य प्रतिस्पर्धीलाई भारतबाट अफर आउने गरेको बताउँदै नेपालमा प्रतिभाको कमी नरहेको दाबी गरिन् । तर, भारतले राम्रो भनेपछि मात्र नेपालमा राम्रो सोच्नले प्रवृतिको अन्त्य हुनुपर्ने उनले बताइन् ।

अहिलेको अवस्थामा पनि नेपाल आइडलसँग जोडेर मेनुकाको चर्चा हुनुलाई यस शोको शक्तिका रुपमा बुझ्नु पर्ने उनको तर्क छ ।

नेपाल आइडलको पाँचौ संस्करण फागुन २५ देखि सुरु हुँदैछ । निर्णायकमा न्यहूँ बज्राचार्य, कालीप्रसाल बास्कोटा र इन्दिरा जोशी फर्किएका छन् । आइडलको पहिलो, दोस्रो र तेस्रो संस्करणमा यीनै तीन निर्णायक थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ९ : २२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको