प्रतिभा चिन्न नसकेको आरोपबारे के भन्छन् नेपाल आइडलका निर्णायक ? « Khabarhub

प्रतिभा चिन्न नसकेको आरोपबारे के भन्छन् नेपाल आइडलका निर्णायक ?


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आइडलका निर्णायक न्यहूँ बज्राचार्यले मेनुका पौडेललाई आफूहरुले गरेको सहयोग नदेखेको प्रतिक्रिया दिएका छन् ।

नेपाल आइडलको पाँचौ संस्कारबारे जानकारी दिन सोल्टी होटलमा बुधबार आयोजनका गरिएको कार्यक्रममा बज्राचार्यले मेनुकाको प्रतिभाअनुरुप आइडलमा स्थान दिइएको स्पष्ट पारे । भोटिङका आधारमा उनी टप ११ बाट बाहिरिनुमा निर्णायकहरुको कुनै हात नभएको उनले बताए ।

इन्डियन आइडलमा गएर चर्चा कमाएसँगै नेपाल आइडलका निर्णायकमाथि प्रतिभा चिन्न नसकेको भन्ने आरोप तर्क संगत नभएको उनको दाबी छ । उनी थप्छन्, ‘हामी जज भएको अन्य कार्यक्रममा उसलाई सहभागी गराएको हो । यो कुरा भन्दा मेरा नजिकका मान्छे बुझेनन् । स्ट्याटस लेखी हाल्छन् ।’

त्यस्तै, आइडलकी अर्की निर्णायक इन्दिरा जोशीले भने मेनुका जस्तै अन्य प्रतिस्पर्धीलाई भारतबाट अफर आउने गरेको बताउँदै नेपालमा प्रतिभाको कमी नरहेको दाबी गरिन् । तर, भारतले राम्रो भनेपछि मात्र नेपालमा राम्रो सोच्नले प्रवृतिको अन्त्य हुनुपर्ने उनले बताइन् ।

अहिलेको अवस्थामा पनि नेपाल आइडलसँग जोडेर मेनुकाको चर्चा हुनुलाई यस शोको शक्तिका रुपमा बुझ्नु पर्ने उनको तर्क छ ।

नेपाल आइडलको पाँचौ संस्करण फागुन २५ देखि सुरु हुँदैछ । निर्णायकमा न्यहूँ बज्राचार्य, कालीप्रसाल बास्कोटा र इन्दिरा जोशी फर्किएका छन् । आइडलको पहिलो, दोस्रो र तेस्रो संस्करणमा यीनै तीन निर्णायक थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ९ : २२ बजे

गहुँको उत्पादन लागत बढ्यो, समर्थन मूल्यले लागत उठेन

कञ्चनपुर– सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन्

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

चितवन– अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको

सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

सिरहा– सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ

प्रियंकाको ‘न्युड सिन’ भन्दै गत वर्ष चर्चामा आएको सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक

काठमाडौं – गत वर्ष टिजर सार्वजनिक भएपछि नायिका प्रियंका कार्कीले

मिथिला क्षेत्रमा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी– विक्रम सवत् परम्पराअनुसार आजदेखि नयाँ वर्ष २०८३ को प्रारम्भ