कोदालो प्रहार गरेर श्रीमतीको हत्या | Khabarhub Khabarhub

कोदालो प्रहार गरेर श्रीमतीको हत्या


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – सिन्धुलीमा श्रीमान्ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले आज बिहान आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् ।

घरबाट एक किलोमिटर उत्तरमा पर्ने धन्सारस्थित खेतमा काम गर्ने क्रममा कोदालोले टाउकोमा प्रहार गर्दा श्रीमती चेतकुमारीको त्यहीँ नै मत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार श्रीमतीको हत्या गर्ने बुद्धबहादुरलाई प्रहरीचौकी दुधौली नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १० : ५२ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक