आज २०८० साल चैत १५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८० साल चैत १५ गते बिहीबारको राशिफल


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत १५ गते बिहीबार तदनुसार सन् २०२४ मार्च २८ तारिख। चैत कृष्ण पक्षको तृतिया तिथि। सौभाग्य सूर्यदान। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : गुमेको धन हात लाग्नेछ। विवादमा तपाईंको जित हुनेछ। रमाइलो यात्रामा निस्कने योग परेको छ। धार्मिक कार्यमा मन जानेछ। प्रेम सम्बन्धमा सफलता हात लाग्नेछ।

वृष : लामो समयदेखि रोकिएको काम बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग राम्रो छ। लामो यात्राको योग छ।

मिथुन : मेहनतको फल प्राप्त नहुने जोखिम छ। वैदेशिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। मेहनतको आवश्यकता बढी नै देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : हिजोको साथी आज शत्रु बन्ने खतरा छ। सामान हराउने योग रहेकाले यात्रा गर्दा सचेत हुनु राम्रो हुन्छ। समाजबाट प्रशंसा मिल्नेछ। सोचेर बोल्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ।

सिंह : परिवारको साथ मिल्नेछ। सहयोग गर्ने साथीहरु धेरै छन्। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीमा फाइदा हुनेछ। थोरै बोल्नु नै हितकारी हुनेछ।

कन्या : नयाँ कामको सुरुवात हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध शक्तिशाली बन्नेछ।

तुला : जटिल काम सहजै बन्नेछ। बौद्धिकता प्रयोग गरेर सुरु गरेको काम सफल बन्नेछ। प्रतिस्पर्धी शान्त छन्। शिक्षाको लगानीबाट सोचेजस्तो फल मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। धन खर्च हुने योग परेको छ। मन धेरै शान्त नभइ दबाबमा हुनेछ। काम गर्दा सोचेर गर्नु राम्रो होला।

धनु : रोकिएको काम बन्नेछ। व्यापार र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। परिवारको साथ निरन्तर प्राप्त हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सोचेको काम बन्नेछ। धार्मिक कार्यमा मन जानेछ। परिश्रम गर्ने समय भएकाले सफलता हात लाग्ने योग छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको सहयोग राम्रो छ।

कुम्भ : रमाइलो दिन छ। मनोरञ्जनका साथ दिन बित्ने देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। यात्रामा भने सचेत हुनु राम्रो हुन्छ। शिक्षामा प्रगति हुनेछ।

मीन : दुर्घटनाको जोखिम हुने भएकाले सचेत भएर यात्रा गर्नुपर्ने दिन छ। बोकेको सामान आफ्नै लापरवाहीले हराउने खतरा हुन्छ। लगानी गरेमा घाटा हुने छैन तर धन खर्च हुने योग छ। व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ५ : १९ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर