इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा « Khabarhub

इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा


१५ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

धरान– इटहरीमा जारी १४औँ इटहरी गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।

गएराति इटहरीमा भएको खेलमा साबिक विजेता सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोलले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु भुलानले गोल गरे भने सगरमाथाका लागि दिवाकर चौधरीले मात्र गोल गरेका थिए ।

सो खेलमा म्यान अफ द म्याचको उपाधि आर्मीका गोलरक्षक विकेस कुथुले हात पारे । उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

आज गत वर्षको उपविजेता चर्च ब्वाइज युनाइटेड र आयोजक राष्ट्रिय जागृति क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ७ : १० बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको