बुबा कलाकार तर आफूलाई ‘स्टार किड’ मान्दैनन् साहिद « Khabarhub

बुबा कलाकार तर आफूलाई ‘स्टार किड’ मान्दैनन् साहिद


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडमा पछिल्लो समय ‘स्टार किड’ को दबदबा छ । पछिल्लो पुस्ताका कलाकारमा बरुण धमन, टाइगर श्रफ, अलिया भट्ट, अनन्या पाण्डेया जस्ता स्टार किडको बलिउडमा हाबी छन् ।

अभिनय र लुक्सले दर्शकमाझ आफूलाई प्रमाणित गरिसकेका नायक हुन् साहिद कपुर । उनीसँगै स्टार किडहरु हुन्– रणवीर कपुर, करिना कपुर, सोनाम कपुर । साहिदका बुबा पंकज कपुर पनि बलिउडकै कलाकार हुन्, तर उनी आफूलाई फिल्म उद्योगभन्दा बाहिरी परिवारबाट आएको भन्न रुचाउँछन् ।

बुबा अभिनेता भए पनि यसबाट कुनै फाइदा नपाएकाले आफू बाहिरबाट बलिउडमा आएको उनको तर्क छ । आफ्नो बुबा चरित्र कलाकार भएकाले समेत आफूले कुनै फाइदा लिन नपाएको उनको भनाइ छ ।

साहिद भन्छन्, ‘मानिसहरूले मलाई पंकज कपुरको छोरा हो भन्छन् । तर क्यारेक्टर आर्टिस्टमा कुनै शक्ति हुँदैन, स्टारहरूसँग मात्र हुन्छ। आफ्नो मान्छेलाई फिल्ममा राख्ने ठूला फिल्मका सुपरस्टार, निर्देशक र निर्मातासँग मात्र शक्ति हुन्छ ।’

नो फिल्टर नेहासँगको अन्तर्वार्तामा उनले आफ्नो बुबाआमाको सम्बन्धविच्छेद भएकाले पहिलो फिल्ममा अनुबन्ध भएपछि मात्रै बुबाले थाहा पाएको खुलासा गरे ।

उनले भने, ‘वास्तवमा म आफैँ बाहिरबाट आएको हुँ, किनभने म मेरी आमासँग दिल्लीबाट मुम्बई आएको हुँ । यहाँ मैले संघर्ष गरेँ। मसँग अर्को विकल्प थिएन । आफूले गरेको कामको कारणले गर्दा म आज यहाँसम्म आइपुगेको हुँ ।’

 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ७ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार