काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक परिषद् बैठकको विषय र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउनेबारेमा छलफल भएको छ ।
देउवाको स्वकीय सचिव भानु देउवाका अनुसार आजको भेटमा मुख्य दुई विषयमा छलफल भएको छ । छलफल सकारात्मक भएपनि पुनः देउवा र प्रचण्ड एक पटक भेटेर १८ गते प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बस्ने कुरा भएको स्वकीय सचिव देउवाको भनाइ छ ।
उनले खबरहबलाई भने, ‘पुनः एक पटक भेटेर कुरा गरौँ भन्नु भएको छ । कहिले बोलाउनु हुन्छ ।’
स्रोतका अनुसार देउवाले पनि पार्टीमा छलफल गरेर प्रधानमन्त्रीलाई पार्टीको धारणा प्रस्तुत गर्ने मनसाय गरेका छन् । गत फागुन २१ गते कांग्रेस-माओवादीबिचको गठबन्धन टुटेपछि दाहाल र देउवाबीच आज पहिलो पटक भेटवार्ता भएको हो ।
यता प्रचण्डको सचिवालयका अनुसार संसद्मा भएको अवरोध हटाउनेबारे पनि व्यापक छलफल भएको छ । पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ ।
भेटमा देउवाले पनि सकारात्मक प्रतिकृया दिएको बताइएको छ ।
प्रतिक्रिया