संवैधानिक परिषद्को बैठकअघि प्रचण्ड र देउवा पुन: भेटवार्ता गर्ने  | Khabarhub Khabarhub

संवैधानिक परिषद्को बैठकअघि प्रचण्ड र देउवा पुन: भेटवार्ता गर्ने 


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक परिषद् बैठकको विषय र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउनेबारेमा छलफल भएको छ । 

देउवाको  स्वकीय सचिव भानु देउवाका अनुसार आजको भेटमा मुख्य दुई विषयमा छलफल भएको छ । छलफल सकारात्मक भएपनि पुनः देउवा र प्रचण्ड एक पटक भेटेर १८ गते प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बस्ने कुरा भएको स्वकीय सचिव देउवाको भनाइ छ । 

उनले खबरहबलाई भने, ‘पुनः एक पटक भेटेर कुरा गरौँ भन्नु भएको छ । कहिले बोलाउनु हुन्छ ।’

स्रोतका अनुसार देउवाले पनि पार्टीमा छलफल गरेर प्रधानमन्त्रीलाई पार्टीको धारणा  प्रस्तुत गर्ने मनसाय गरेका छन् । गत फागुन २१ गते कांग्रेस-माओवादीबिचको गठबन्धन टुटेपछि दाहाल र देउवाबीच आज पहिलो पटक भेटवार्ता भएको हो । 

यता प्रचण्डको सचिवालयका अनुसार संसद्‌मा भएको अवरोध हटाउनेबारे पनि व्यापक छलफल भएको छ । पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा  गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ ।

भेटमा देउवाले पनि सकारात्मक प्रतिकृया दिएको बताइएको छ ।

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी?

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  १२ : २० बजे

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन

तनहुँ– रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा– नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी