राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा | Khabarhub Khabarhub

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष भएपछि उनले राजीनामा दिनुपरेको हो । 

अर्यालले बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी छन् । 

नयाँ सत्ता समीकरणमा अध्यक्ष माओवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिनुपर्ने अवस्था बनेको हो । 

राष्ट्रिय सभाको उपाध्यक्षमा फागुन २१ गतेको सत्ता गठबन्धनको पत्रमा एमालेको दाबी रहे पनि एकीकृत समाजवादी पनि गठबन्धनमा मिसिएपछि उसलाई उपाध्यक्ष पद दिने की भन्ने बारेमा छलफल भइरहेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  २ : ५० बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा