इन्टरपोलमार्फत १३ जना पक्राउ « Khabarhub

इन्टरपोलमार्फत १३ जना पक्राउ


१५ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय इकाई (इन्टरपोल) मार्फत पक्राउ गरेको छ ।

नेपालमा अपराध गरी विदेश गई लुकेर बसेकालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहिबार नेपाल प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा २०७९ चैतदेखि २०८० फागुन ३० गतेसम्म १३ जना पक्राउ परेको प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता भीम ढकालले बताए ।

उनले भने, ‘जबरजस्ती करणी गरेर फरार रहेका ४ जना, ठगी ५ जना, साइबर अपराध २ जना, आगूऔषध १ जना र मानव बेचविखनमा १ जना पक्राउ परेका छन् ।’

त्यसमध्ये १२ जनालाई ‘रेड नोटिस’ जारी गरिएको थियो । एक जनालाई ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ४ : ५७ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच