हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक  « Khabarhub

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा एक  जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय बनेपाले कानमा लगाएका दुई वटा रिङ लुटेर व्यक्तिगत खर्च चलाउने उद्देश्यले एउटै घरमा भाडामा बसेकी ८३ वर्षिय लक्ष्मी तामाङलाई फागुन १७ गते बिहान हत्या गरी भागेका अभिषेक अचार्जुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

धुलिखेल नगरपालिका वडा नम्बर ९ घर भई बनेपा नगरपालिका १३ भैसेपाटी स्थित वसन्त श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएकी लक्ष्मी तामाङलाई सोही घरमा डेरा गरी बसेका सुनसरी घर भएका २९ वर्षीय युवक अचार्जुले हत्या गरेको खुलेको ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी लालध्वज सुवेदीले जानकारी दिए ।

उनले तामाङको कोठामा प्रवेश गरेका अभिषेकले सुतिरहेको अवस्थामा घुँडाले छातीमा थिची, मुख समेत थुनी हत्या गरी दुवै कानमा लगाएको सुनको रिङ लुटेर फरार भएको खुलेको बताए ।

लुटिएको रिङलाई अभिषेकले बनेपामा रहेको विवेकरत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रुपैयाँ लिएका थिए । उक्त रकमबाट अभिषेकले साथीहरूलाई तिर्नु पर्ने केही रकम तिरेको बयान दिएका छन् ।

प्रहरीले पक्राउ परेका अभिषेकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान शुरु गरेको बताएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ५ : ०७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।