कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु « Khabarhub

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु


१५ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्यांकनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ ।

विश्वव्यापी स्वास्थ्य संस्था डब्लुएचओले प्रयोगमा ल्याइरहेको कोभिड–१९ प्रयोगशालालाई सञ्जालमा जोडेको हो । सुरुवाती चरणमा, कोभिड–१९ महामारी फैल्याउन सहयोगी रहेको सार्स–कोभ–२ मा केन्द्रित यस नेटवर्कले अब मर्स–कोभ र अन्य सम्भाव्य नयाँ प्रजातिका कोरोनाभाइरस समेतका भाइरसहरुमा ध्यान केन्द्रित गर्नेछ । 

कोभिनेटले मानव, पशु र वातावरणीय कोरोनाभाइरस निगरानीमा विशेषज्ञता भएका विश्वव्यापी प्रयोगशालाहरूको सञ्जालका रुपमा कार्य गर्नेछ । हाल डब्लुएचओका सबै छ क्षेत्रहरू अन्तर्गतका २१ वटा देशका ३६ वटा प्रयोगशालाहरूलाई नेटवर्कमा समावेश गरिएको छ । 

कोरोनाभाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीहरूको प्रारम्भिक पहिचान, जोखिम मूल्यांकन र प्रतिक्रियामा डब्लुएचओका सदस्य राष्ट्रहरूको तयारी बढाउने उद्देश्यले २०२४-२०२५ का लागि कार्ययोजनालाई अन्तिम रूप दिन प्रयोगशालाहरूका प्रतिनिधिहरू मङ्गलबार र बुधबार जेनेभामा भेला भएका थिए ।

कोरोना भाइरसहरूको नयाँ विश्वव्यापी सञ्जालले जनस्वास्थ्यका लागि महत्वपूर्ण कोरोना भाइरसहरूको समयमै पहिचान, अनुगमन र मूल्यांकन सुनिश्चित गर्ने डब्लुएचओको महामारी पूर्वतयारी तथा रोकथाम विभागका कार्यवाहक निर्देशक मारिया भान केरखोभले बताएका छन् ।  

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ५ : ३२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस