पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु « Khabarhub

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ। 

धनकुटा नगरपालिका–६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सिराहाको गोलबजार घर भइ धनकुटा–९ स्थित गुठिटार बस्ने ३० वर्षीय निरज ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

विहीवार दिउँसो करिव साढे १ बजे सिधुवाबाट धनकुटा आउँदै गरेको बाप्र०१–०२६ च ८९९२ नम्बरको पिकअपले सडकमा रोकेर ग्यास लोड गर्दैगरेको बाप्र ०१–००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि पिकअप चालक धादिङको सिद्धलेख गाउँपालिका–३ का ३८ वर्षीय चेतबहादुर विशुँखे र पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  ७ : ५९ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज