स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा « Khabarhub

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा


१५ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म भएका छन् । चरा र कीराले नखाओस् भनेर सेतो पातलो कपडाले छोपिएको छ ।

वाणगङ्गा नगरपालिका कपिलवस्तुमा पाँच वर्ष पहिलेदेखि फूलखेती गरिरहेका भास्कर पङ्गेनी र दशरथ साउदले दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १७ कठ्ठा जमिन मासिक रु दुई हजार भाडा दिने शर्तमा विगत दुई वर्षदेखि सयपत्री खेती गरेका थिए ।

उनीहरुले सोही स्थानमा अहिले स्ट्रबेरी खेती गरेका छन् । दाङको हावापानी सुहाउँदो केही खेती गरौँ भन्ने साथीहरुसँग सल्लाह गरी स्ट्रबेरी खेती परीक्षणको लागि गरौँ कस्तो हुन्छ भनी खेती गरेको पङ्गेनीले बताए ।

पहिलो प्रयास सफल भएकोमा उनी धेरै खुसी छन् । ‘१०८ डिभाइन एग्रो’ नामको फमबाट तिहारको समयमा सयपत्री फूलखेती गरेका उनीहरुले सयपत्रीको याम सकिएपछि स्ट्रबेरी खेती गरेको फम सञ्चालक दशरथ साउदले बताए ।

पहिलो वर्ष खेती गरेका छौँ, इजिप्टबाट बिरुवा ल्याएर रोपेकका हौं राम्रो आम्दानी भयो । दुई वटा विदेशी जातका आठ हजार बिरुवा रहेको उनले बताए । एउटा बिरुवाबाट एक किलोसम्म फल दिएको उनले बताए। उत्पादन रु पाँच सयप्रति किलोका दरमा बिक्री भइरहेको छ । एक किलो किन्दा एक किलो निःशुल्क दिइरहेको उनले बताए ।

यो योजना यो हप्ताका लागिमात्र भएको जनाइएको छ । स्थानीयवासीलाई फममा आएर स्ट्रबेरीमा फोटो भिडियो बनाउने सुबिधा पनि रहेको र दैनिक ५० देखि ६० जना स्ट्रबेरी हेर्न, खान र फोटो खिच्न आउने गरेको साउदले बताए।

मङ्सिरमा बिरुवा रोपेको ४० दिनदेखि फल्न सुरु ग¥यो । अहिलेसम्म डेढ क्विन्टल बिक्री भएको साउदले जानकारी दिए । रु पाँच लाख आम्दानी भइसकेको छ । लमही, तुलसीपुरमा पाँच किलो दैनिक ग्रहाकले नियमित लैजाने गरेको उनले बताए।

घोराही, बुटवलमा माग अनुसार पठाउने गरेका छौँ । दैनिक ५० किलोसम्म बिक्री हुने गरेको छ । ग्राहक फममै आउने र आउन नसकेकाको लागि डेलिभरी गरिदिने गरेको उनले बताए । मङ्सिरमा रोपेको बिरुवाले वैशाखसम्म फल दिने आसा गरेको उनले सुनाए ।

दाङको हावा पानीमा राम्रो उत्पादन हुने रहेछ । अलिकति मेहनत गरेर पसिना बगाए स्वदेशमै केही गर्न सकिने उनको अनुभव छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १० : ३६ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना