लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा « Khabarhub

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित निकालेको छ।

टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी हुँदै तीन विकेटको क्षतिमा १९९ रन बनाएर सात विकेटको शानदार जित निकालेको हो।

राजस्थानको जितका लागि कप्तान सञ्जु सैमसनले नटआउट ७१ रन बनाए। उनले ३३ बलको सामना गर्दै सात चौका र चार छक्का प्रहार गरे। उसका लागि ध्रुव जुरेललेसमेत नटआउट अर्धशतक बनाए। उनले ३४ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५२ रन बनाएका हुन्। जोस बटलर ३४, यशस्वी जैसवाल २४ रनमा आउट हुँदा रियान परागले १४ रन जोडे। लखनउका लागि एस ठाकुर, मार्कस स्टोनिस र अमित मिश्राले एकएक विकेट हात पारे।

सञ्जु सैमसन

सुरुमा ब्याटिङ गरेको लखनउका कप्तान केएल राहुल र दीपक हुड्डाले अर्धशत बनाएका थिए। राहुलले सर्वाधिक ७६ रन बनाए। ४८ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। दीपकले ३१ बलमा सात चौकासहित ५० रन बनाए। निकोलस पुरन ११ रनमा आउट हुँदा आयुष बदोनी १८ र क्रुनाल पाण्ड्या १५ रनमा नटआउट रहे।

राजस्थानका सन्दीप शर्माले सर्वाधिक दुई विकेट लिए भने ट्रेन्ट बोल्ड, आवेश खान र रवि अश्विनले एकएक विकेट हात पारे। यो जितसँगै राजस्थान १६ अंकका साथ शीर्ष स्थानमा छ। लखनउ १० अंकसहित चौथो स्थानमा छ।

आईपिएल अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। पहिलो खेल दिउँसो ३:४५ बजे गुजरात टाइटन र रोयल च्यालेन्र्ज बैंग्लोरुबिच हुँदैछ। दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबिच साँझ ७:४५ बजे हुनेछ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ५३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको