संसारभर मृत्युको कारण बन्दै क्यान्सर | Khabarhub Khabarhub

संसारभर मृत्युको कारण बन्दै क्यान्सर

क्यान्सरबाट बच्न वातावरणीय सुधार आवश्यक


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

दुःखका साथ भन्नुपर्ने हुन्छ कि अबका केही वर्षमा संसारमा सबै भन्दा धेरै मानिसको मृत्युको कारण क्यान्सर हुनसक्छ। तर क्यान्सर लागेपछि मानिसको थप बाच्ने समय भने झन् फराकिलो हुँदै गएको छ। यही मात्रामा क्यान्सर बढ्ने हो भने अबका केही वर्षमा धेरै जना यो रोगको सिकार हुने छन्। तर रोग लागे पनि अन्य व्यक्ति झैँ नै लामो समय बाच्नेको संख्या पनि बढ्दै गएको छ। धेरै जनाको मृत्युको कारण क्यान्सर जनाइए पनि सो रोगको कारण धेरै आयु भने घट्ने छैन।

गएको शताब्दीको अन्त्यसम्म मानिसलाई सबै भन्दा सताउने रोग सङ्क्रामक रोग थियो। अहिले सबै भन्दा सताउने रोग मुटु रोग बनेको छ। केही वर्षपछि सबै भन्दा बढी सताउने रोग नै क्यान्सर बन्ने प्रक्षेपण गरिएको छ।

क्यान्सरका बारे धेरै अध्ययन गरेका सिद्धार्थ मुखर्जीका अनुसार प्रोस्टेड क्यान्सरले दिने दुःख अत्यन्त बढी हुनसक्छ। विस्तारै यो रोगको अवस्था यस्तो हुँदै गएको छ कि सुरुमा पत्ता लागेमा मानिसको आयुमा कुनै कमी हुन दिने छैन। तथापि यो नै क्यान्सरसँगको लडाइँका लागि कुनै पनि देशका लागि पर्याप्त अवस्था नआउन सक्छ।

रोगको उपचार गर्न भन्दा रोग लाग्न नदिनका लागि पूर्व शर्त अवलम्बन गर्नु नै प्रमुख कुरा हो। उदाहरणका लागि सङ्क्रामक रोगका लागि सफाइमा ध्यान दिने तथा भ्याक्सिन लगाउने नै हो।

क्यान्सरको कथा भने फरक छ। आजको दिनमा पनि यसलाई आतङ्कको राजा मानिन्छ। अहिले पनि संसारमा धेरै देशमा यो रोग लागेकाहरू सही समयमा उपचार नपाएर ज्यान गुमाउने अवस्थामा छन्।

आजको दिनमा पनि क्यान्सरलाई आतङ्कको राजा मानिन्छ। अहिले पनि संसारमा धेरै देशमा यो रोग लागेकाहरू सही समयमा उपचार नपाएर ज्यान गुमाउने अवस्थामा छन्।

सन् २०१५ मा यसले पुष्टि गरेको थियो कि तन्तुहरूमा क्यान्सर जोखिममा भिन्नताको एक तिहाइ मात्र वातावरणीय आक्रमण वा वंशाणुगत आनुवंशिक प्रवृत्तिका कारण हो। साधारणतया रोगका कारण मानिसको जीवन यापनको शैली धेरै हो। केही हदसम्म वंशाणुगत नै हो। परन्तु क्यान्सरको सवालमा यी दुवै भन्दा बाहेक भाग्यको खेल पनि ठान्न थालियो। मतलब एकदमै सही जीवन यापनको शैली भए पनि यो रोगको सम्भावना कायम नै रहेको छ।

अमेरिकामा एक अध्ययन गरिएको थियो। सन् २०१९ मा १७ लाख ६२ हजार चार सय ५० जना मा त्यस समयसम्म क्यान्सर रोग लागि सकेको थियो। ६ लाख ६ हजार आठ सय ८० को ज्यान गइसकेको थियो।

सन् २०१८ को एक रिपोर्टका अनुसार क्यान्सरले ९६ लाख जनाको ज्यान लिइसकेको थियो। यो सङ्ख्या मलेरिया, क्षयरोग र एचआइभीका कारण मारिएका मानिसको सङ्ख्या भन्दा पनि बढी हो। संसारका ९१ देशमा ७० वर्ष भन्दा पहिले मानिसको मृत्युको पहिलो या दोस्रो कारण क्यान्सर बनेको छ।

संसारमै क्यान्सरको पहिलो कारण भनेको धूम्रपान नै हो। अमेरिकामा धूम्रमानका कारण हुने क्यान्सरको सङ्ख्या घट्दै गएको छ। यसको अलवा अफ्रिका र भूमध्य क्षेत्रमा यसको सङ्ख्या बढी रहेको छ। त्यसपछि अन्य सङ्क्रमणका कारण क्यान्सर लाग्ने गरेको छ। उदाहरणका लागि अमेरिकाको एक अध्ययनका अनुसार सन् १९९१ मा फोक्सोको क्यान्सर लागे पछिको मोर्टालीटी रेट २०१६ मा आइपुग्दा २७ प्रतिशत घटेको थियो। यसको मूल कारण धूम्रपानमा आएको कमी नै हो।

सन् १९६५ मा ४२ प्रतिशत अमेरिकी धूम्रपान गर्थे। त्यो घटेर २०१७ मा १४ प्रतिशत पुगेको जनाइएको छ।

धूम्रपान पछिको क्यान्सरको अर्को जोखिमको मूल कारण भनेको मोटोपना नै हो। बेलायतमा पनि एउटा अध्ययन गरिएको थियो। सन् १९७० यता जन्मिएका मानिसमा ५० वर्ष भन्दा कम समयमा क्यान्सरको जोखिम त्यस समयमा जन्मनेमा भन्दा बढी रहेको छ।

धूम्रपान पछिको क्यान्सरको अर्को जोखिमको मूल कारण भनेको मोटोपना नै हो। संसारका ९१ देशमा ७० वर्ष भन्दा पहिले मानिसको मृत्युको पहिलो वा दोस्रो कारण क्यान्सर बनेको छ।

वंशाणुगत  क्यान्सरको एउटा कारण भयो। अर्को मूल कारण वातावरणीय असर हो। संसारमै यो रोगको उपचार पद्धति विकास भइरहेको छ। क्यान्सर रोग लागे पनि सामान्य मानिस झैँ बिना कुनै असर बाच्न सक्ने अवस्था आइसकेको छ। परन्तु यसको प्रकार धेरै भएका कारण सबैमा यो लागु हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन।

सबै भन्दा बिमारी ठिक हुने क्यान्सरको रूपमा स्तन क्यान्सरलाई लिने गरिन्छ। पहिलो स्टेजमा यो रोग पत्ता लागेका शतप्रतिशत महिलालाई पाँच वर्ष भन्दा बढी जीवित रहेको देखिएको छ। दोस्रो स्टेजमा पत्ता लागेका ९० प्रतिशत भन्दा बढी ५ वर्ष भन्दा बढी बाँचेका छन्। तेस्रो स्टेजमा पत्ता लागेका ७० तथा चौथो स्टेजमा पत्ता लागेका २५ प्रतिशत ५ वर्ष भन्दा बढी जीवित रहेको तथ्यांक छ। संसारका ७५ प्रतिशत भन्दा बढी महिला यो क्यान्सरका कारण १० वर्ष भन्दा बढी बाँचेका छन्।

विभिन्न तथ्यांक तथा अध्ययनको निष्कर्ष के हो भने यो रोगको उपचार पद्धतिको एकदमै छिटो विकास भएको छ। छालाको त रोग फैलन नदिन भ्याक्सिनकै विकास भएको छ। बेलायती राजा चार्ल्स क्यान्सरको उपचार गराएर आफ्नो काममा फर्किएका छन्। बर्मिङघ प्यालेसले जारी गरेको सूचनामा उनलाई कुन क्यान्सर भएको तथा त्यसको उपचार कुन भन्ने बारे कुनै जानकारी गराएको छैन। गत फेब्रुअरीदेखि उनको उपचार सुरु भएको जनाइएको छ।

चार्ल्स क्यान्सरको उपचार गराएर आफ्नो काममा फर्किएका छन्। बर्मिङघ प्यालेसले जारी गरेको सूचनामा उनलाई कुन क्यान्सर भएको तथा त्यसको उपचार कुन भन्ने बारे कुनै जानकारी गराएको छैन।

७५ वर्षीय राजा प्रोस्टेट बढ्दै गएपछि उपचार गराउन त्यसतर्फ गएका थिए। पछिल्लो समय गोप्यता कायम राख्न आवश्यक भएको भन्दै राजाले नै सबै कुरा बाहिर ल्याउन चाहेका थिएनन्।

राजा चार्ल्स मात्र होइन, संसारमै पछिल्लो समयको घटना क्रमलाई आधार मान्ने हो भने यो सही उपचार भएमा मानिसलाई सहज जीवन बाच्न कुनै कठिनाइ नहुने रोगको रूपमा परिचित छ।

साथै सङ्क्रामक रोगको भ्याक्सिनले पनि क्यान्सरलाई सहयोग गरेको छ। रोग लाग्नेको सङ्ख्या भने बढेको छ। क्यान्सरबाट बच्न धूम्रपान र मोटोपनरहित समाज तथा वातावरणीय सुधार संसारकै आवश्यकता भएको छ।
स्रोतः बिबिसी, हवार्ड एजु, गमी डट ओओरजी, क्यान्सर रिसर्च युके

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ८ : १० बजे

एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज पनि

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल नारायणीमा छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय

काठमाडौंसहित विभिन्न भागमा वर्षा, दिनभर बदली हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शीर्ष स्थानको कोलकातासँग मुम्बई १८ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा