बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक | Khabarhub Khabarhub

बझाङको मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना आज सुरु गरिने भएको छ । मतगणना अघि बिहान ११ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

उनले सबै मतपेटिका बझाङ सदरमुकाम चैनपुरमा आइसकेकाले सर्वदलीय बैठक लगत्तै गणना सुरु गर्ने बताए ।

लामिछानेका अनुसार विकट क्षेत्र साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आज बिहान ल्याएसँगै मतगणनाको तयारी गरिएको हो ।

मतगणना सदुरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा गरिने जनाइएको छ ।

हिजो भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन् । यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो ।

बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ०३ बजे

दाङमा दुई महिलाको हत्या

घोराही – घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या

रातो मछिन्द्रनाथको रथयात्रा सुरू (फोटोफिचर)

काठमाडौं – वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ

उत्पादनका आधारमा किसानलाई अनुदान

गोरखा – गण्डकी गाउँपालिकाले पालिकाभित्रका किसानलाई व्यावसायिक तरकारी उत्पादनका आधारमा

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा रङ्गीन प्रकाश

केप क्यानभरल । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार

आजका समाचार : कांग्रेस बैठकदेखि प्रधानमन्त्रीको राजीनामा माग्दै अनशनसम्म

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको तयारी प्रमुख