पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना « Khabarhub

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड १० लाख ८१ हजार ९९८ रुपैयाँ लगानीमा ७३९ वटा घरेलु तथा साना उद्योग स्थापना गरिएको छ ।

पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आर्थिक वर्षमा एक हजार ८९ नयाँ उद्योग थपिएका थिए । उनका अनुसार यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ उद्योग थपिने अनुमान छ ।

चालु आर्थिक वर्षभित्र दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको सङ्ख्या सबैभन्दा बढी अर्थात् ६९४ पुगेको छ । साझेदारी फर्ममा दर्ता गरिएका भने १० वटामात्रै छन् । ‘प्राइभेट लिमिटेड’ मा दर्ता हुनेको सङ्ख्या ३५ छ ।

चालु आर्थिक वर्षमा दर्ता भएका उद्योगको चालु पुँजी भने ७१ करोड सात लाख ८४ हजार ३१४ रुपैयाँ छ । कुल पुँजी एक अर्ब ५७ करोड १८ लाख ६६ हजार ३१२ रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता तीन अर्ब एक करोड ४५ लाख ८८ हजार ९३८ रुपैयाँ बराबर रहेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर रु ५९ लाख ८२ हजार चार सय राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा पर्सामा एक हजार ८९ वटा घरेलु उद्योग दर्ता भएका थिए ।

दर्ता गरिएकामध्ये प्राइभेट फर्मको सङ्ख्या एक हजार २५ थियो । साझेदारी फर्मको सङ्ख्या १३ र प्राइभेट लिमिटेडको सङ्ख्या ५१ थियो । गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पुँजी एक अर्ब ५४ करोड ४४ लाख ६९ हजार ५२ रुपैयाँ थियो ।

त्यसैगरी गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको चालु पुँजी भने रु एक अर्ब २९ करोड ७१ लाख ८२ हजार तीन सय ७५ छ । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको कुल पुँजी रु दुई अर्ब ८४ करोड १६ लाख ५१ हजार ४२७ छ । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन गर्ने क्षमता चार अर्ब ३४ करोड ९८ लाख ६१ हजार ३५५ रुपैयाँ छ ।

कार्यालयले गत आर्थिक वर्षमा दर्ता भएका घरेलु उद्योगबाट एक करोड छ लाख ३९ हजार २५० राजस्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगले पाँच हजार ४६० जनालाई रोजगारी दिने आकलन गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ४५ बजे

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता