लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर « Khabarhub

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच दुईवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्मेलनको उद्घाटन सत्रपछि नेपाल र विदेशी निजी क्षेत्रका संस्थाबीच व्यावसायिक सहकार्यमा सम्झौता भएको हो ।

सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेशनल चेम्बर अफ कमर्स, मलेसियाबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनबारे सम्झौता भएको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र मलेसियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष टान सी डाटो थायन लाईले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

त्यसैगरी डाटा सेन्टर निर्माण तथा सञ्चालनमा सहकार्यका लागि नेपाल र भारतका दुई व्यावसायिक समूहबीच पनि सम्झौता भएको छ ।

डाटा सेन्टर स्थापनाका लागि बीएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेसज भारतबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

बीएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १ : ४३ बजे

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८२ साल चैत १ गते आइतबार चैत

आज २०८२ साल चैत १ गते आइतबारको राशिफल

काठमाडौँ- आज २०८२ साल चैत १ गते आइतबार चैत कृष्ण

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा