लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली? « Khabarhub

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित रहे ।

एमाले र नेकपा मा‌ओवादी केन्द्रसहित पाँच दल मिलेर गत फागुन २१ गते नयाँ गठबन्धन बनेपछि भइरहेको यो लगानी सम्मेलनलाई सरकारले विशेष महत्व दिएको छ ।

त्यहीअनुसार यो सम्मेलनमा सहभागी हुनका लागि सरकारले विभिन्न देश र दातृनिकायलाई सहभागी गराएको छ ।

सम्मेलनमा बरु प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भए । उनले सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै दातृराष्ट्र र निकायहरूलाई नेपालमा लगानीका लागि आह्वान पनि गरे ।

होटल सोल्टीमा बिहान ८ बजेदेखि लगानी सम्मेलन सुरु भइरहँदा ओली भने ललितपुरको गोदावरी पुगेका थिए ।

शनिबार मात्रै उनी सुनसरीको बराहक्षेत्रमा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला उद्घाटन समारोहमा भाग लिन पुगे । कुम्भ मेलामा सहभागी भएपछि काठमाडौं फर्किएका उनलाई लगानी सम्मेलनमा नेदेखेपछि सत्तारूढ दलकै कार्यकर्ताले पनि चासो देखाएका छन् ।

सुनसरीको चतराबाट काठमाडौं फर्किएका ओली लगानी सम्मेलनमा भाग लिन नगई ललितपुरको गोदावरीतिर पुगे ।

जहाँ आइतबार बिहान साढे १० बजेदेखि विश्वकै सबैभन्दा कान्छा बताइने एकजना बंगलादेशी प्रोफेसरको कार्यक्रममा सहभागी हुन पुगे ।

ओलीको सचिवालयले आइतबार बिहानै उनी प्रमुख अतिथिका रुपमा गोदावरी पुग्ने जनाएको थियो । गोदावरीको सनराइज हलमा ओलीकै प्रमुख आतिथ्यतामा विश्वको सबैभन्दा कान्छो भनिएका प्रोफेसर सुवर्णो आइज्याकरीसँग बहस कार्यक्रम गरिएको छ । जहाँ ओलीले ती प्रोफेसरसँग संवाद पनि तय गरिएको थियो ।

यसबारेमा ओलीका प्रेस सल्लाहकार रामशरण बजागाईंले पूर्वनिर्धारित कार्यक्रम भएकाले गोदावरी जानुपरेको सुनाए ।

‘उहाँ विश्वकै सबैभन्दा कान्छा प्रोफेसरसँगक अन्तरसंवादका लागि गोदावरी जानु भएको हो ’, उनले भने, ‘गोदावरीबाट फर्किएपछि लगानी सम्मेलनमा जानु हुन्छ । उद्घाटन सत्रमा जान भ्याउनु भएन । अब लगानी सम्मेलनमा जाने कार्यक्रम छ ।’

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  २ : १७ बजे

जर्सिङपौवा दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका- ३, लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा भएको बस

ओली र लिङ्देनबीच भेटवार्ता

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय

कुलमानले मन्त्रीबाट राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदबाट

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि छ जनाको उम्मेदवारी

बागमती – यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

काठमाडौंको शङ्खरापुरमा बस दुर्घटना

काठमाडौं – काठमाडौंको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ