लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली? « Khabarhub

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित रहे ।

एमाले र नेकपा मा‌ओवादी केन्द्रसहित पाँच दल मिलेर गत फागुन २१ गते नयाँ गठबन्धन बनेपछि भइरहेको यो लगानी सम्मेलनलाई सरकारले विशेष महत्व दिएको छ ।

त्यहीअनुसार यो सम्मेलनमा सहभागी हुनका लागि सरकारले विभिन्न देश र दातृनिकायलाई सहभागी गराएको छ ।

सम्मेलनमा बरु प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भए । उनले सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै दातृराष्ट्र र निकायहरूलाई नेपालमा लगानीका लागि आह्वान पनि गरे ।

होटल सोल्टीमा बिहान ८ बजेदेखि लगानी सम्मेलन सुरु भइरहँदा ओली भने ललितपुरको गोदावरी पुगेका थिए ।

शनिबार मात्रै उनी सुनसरीको बराहक्षेत्रमा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला उद्घाटन समारोहमा भाग लिन पुगे । कुम्भ मेलामा सहभागी भएपछि काठमाडौं फर्किएका उनलाई लगानी सम्मेलनमा नेदेखेपछि सत्तारूढ दलकै कार्यकर्ताले पनि चासो देखाएका छन् ।

सुनसरीको चतराबाट काठमाडौं फर्किएका ओली लगानी सम्मेलनमा भाग लिन नगई ललितपुरको गोदावरीतिर पुगे ।

जहाँ आइतबार बिहान साढे १० बजेदेखि विश्वकै सबैभन्दा कान्छा बताइने एकजना बंगलादेशी प्रोफेसरको कार्यक्रममा सहभागी हुन पुगे ।

ओलीको सचिवालयले आइतबार बिहानै उनी प्रमुख अतिथिका रुपमा गोदावरी पुग्ने जनाएको थियो । गोदावरीको सनराइज हलमा ओलीकै प्रमुख आतिथ्यतामा विश्वको सबैभन्दा कान्छो भनिएका प्रोफेसर सुवर्णो आइज्याकरीसँग बहस कार्यक्रम गरिएको छ । जहाँ ओलीले ती प्रोफेसरसँग संवाद पनि तय गरिएको थियो ।

यसबारेमा ओलीका प्रेस सल्लाहकार रामशरण बजागाईंले पूर्वनिर्धारित कार्यक्रम भएकाले गोदावरी जानुपरेको सुनाए ।

‘उहाँ विश्वकै सबैभन्दा कान्छा प्रोफेसरसँगक अन्तरसंवादका लागि गोदावरी जानु भएको हो ’, उनले भने, ‘गोदावरीबाट फर्किएपछि लगानी सम्मेलनमा जानु हुन्छ । उद्घाटन सत्रमा जान भ्याउनु भएन । अब लगानी सम्मेलनमा जाने कार्यक्रम छ ।’

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  २ : १७ बजे

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि