इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता « Khabarhub

इलाम अपडेट : कांग्रेसका डम्बर खड्काको अग्रता


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


34.5k
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक परिणाम आएको छ ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ बाट सुरु भएको मतगणनाको आइतबार दिउँसो ३ बजेसम्मको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन् ।

खड्कालाई एमालेका सुहाङ नेम्वाङले पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेद्वार डकेन्द्र थेगिम तेस्रो स्थानमा छन् भने रास्वपाका मिलन लिम्बु चौथो स्थानमा छन् ।

मतगणनाको थालनी फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ बाट भइरहेको छ । दुबै वडामा हालसम्म खसेको मतका आधारमा आइतबार दिउँसो ३ बजेसम्म कांग्रेसका डम्बर खड्काले ११५५ मत पाउँदा एमालेका सुहाङले १०७२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका पहिचानवादी उम्मेदवार डकेन्द्र सुब्बाको मुढा चिन्हमा ३१३ मत खसेको छ । उनी फराकिलो मतान्तरसहित तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका मिलन लिम्बुले २११ मत पाएका छन् ।

यो पनि –

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रका दुई ठाउँमा मतगणना भइरहेको छ ।

जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलका अनुसार सबैभन्दा पहिले फाकफोकथुम गाउँपालिका वडा नम्बर १ बाट मतगणना थालिएको हो । फाकफोकथुमको सकिएपछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गरिने छ ।

इलाम २ को उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो ।

उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् ।

एमाले उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि रिक्त क्षेत्रमा शनिबार उपनिर्वाचन भएको हो।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ३ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया