नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर « Khabarhub

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । 

डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले जिल्लामा दैनिक सरदर १५ देखि २० ठाउँमा वन डढेलो लाग्ने गरेका जानकारी दिए। 

बढ्दो गर्मी, तातो हावासँगै चालु आर्थिक वर्षमा एक सयभन्दा बढी सामुदायिक वनमा डढेलो लागेको उनले बताए। 

सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरका सचिव सुशील पौडेलले वन डढेलोका कारण जङ्गलको बीचमा र जङ्गलनजिक रहेका गाउँहरू जोखिम रहेका बताए। मानवीय सचेतनाको अभावका कारण वन डढेलोका घट्ना बढ्दै गएकाले सचेतना अभिवृद्धिमा जोडदिनुपर्ने उनको भनाइ छ । 

“डढेलो लगाएपछि वनमा च्याउ उम्रिन्छ, किर्ना मर्छ, नयाँ पालुवा पलाउँछ भनेर बढीमात्रामा जङ्गलमा डढेलो लगाउने गरेको पाइएको छ । यस्तो सोचाइमा परिवर्तन ल्याउनका लागि राज्यलगायत सबै सरोकारवाला जिम्मेवार बन्न आवश्यक छ”, पौडेलले अगाडि भने । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले पनि मानवीय लापरवाहीका कारण वन डढेलोका घटना बढिरहेकाले त्यस्ता प्रवृत्ति निरुत्साहित गर्न जरूरी रहेका बताए । 

पहाडी क्षेत्रमा बाटोको सहज पहुँच नभएकाले स्याउला र माटोकै भरमा वन डढेलो निभाउनुपर्ने बाध्यता रहेकाले पनि नियन्त्रणमा चुनौती रहेका वन अधिकृत लम्सालको भनाइ छ । 

नागरिकतहसम्म सचेतनाका कार्यक्रम लिएर जाने, अग्निरेखा बनाउने, गर्मी मौसम सुरू हुनुअघि नै जङ्गलका पातपतिङ्गर झिक्नसके डढेलाका घटनामा कमी ल्याउन सकिने स्थानीयको भनाइ छ । 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : २७ बजे

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

चितवन– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा