ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान « Khabarhub

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको सम्भावना भएको भन्दै लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरेकी छन् । 

आजदेखि सुरु लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपालका विभिन्न क्षेत्रमा लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न आह्वान गरिन्। 

उनले सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिरहेको बताइन् । लगानी सम्मेलनमार्फत आवश्यक लगानी आकर्षित गर्नका लागि सरकारले विभिन्न ऐन संशोधन समेत गरेको उल्लेख गरिन्। 

उनले सरकारले पनि लगानी बढाउनका लागि सोहीअनुसारको वातावरण तयार गरिदिनुपर्नेमा जोड दिइन् । 

लगानीका दृष्टिले नेपाल सम्भावनायुक्त देश भएको भन्दै मन्त्री चौधरीले कानुनी, भौगोलिक तथा रणनीतिक हिसाबले पनि उचित भएको बताइन्। 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ०४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।