इलाम–२ : कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्दा एकीकृत समाजवादीलाई ६ मत « Khabarhub

इलाम–२ : कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्दा एकीकृत समाजवादीलाई ६ मत


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच पहिलो स्थानका लागि प्रतिस्पर्धा चलिरहेको छ ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को परिणाम आउँदा कांग्रेस उम्मेदवार डम्बर खड्का पहिलो र नेकपा एमालेका सुहाङ नेम्वाङ दोस्रो स्थानमा छन् ।

तर यहाँको निर्वाचन परिणामले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको अवस्था कमजोर देखाएको छ । दुईवटा वडाको परिणाम आउँदा समाजवादीका उम्मेदवार जितबहादुर राईले केबल ६ मत पाएका छन् ।

फाकफोकथुम १ र २ वडाको मत गन्दा उनलाई वडा नम्बर २ बाट ६ मत झरेको छ । वडा नम्बर १ बाट उनलाई १ मत पनि झरेन ।

एकीकृत समाजवादीका जितबहादुर ७४ को स्थानीय तहको निर्वाचनमा इलामको माईजोगमाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला उनी एमालेबाट उठेका थिए । २०७९ मा भने उनी पराजित भए ।

इलाम एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालको गृह जिल्ला पनि हो । खनालले आफू नउठेर राईलाई उम्मेदवार बनाएका हुन् ।

यहाँ अहिलेसम्म १८ सय ३६ मत गन्दा ३० मत बदर भएको निर्वाचन कार्यालयले जारी गरेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ०९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।