इलाम–२ : कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्दा एकीकृत समाजवादीलाई ६ मत | Khabarhub Khabarhub

इलाम–२ : कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्दा एकीकृत समाजवादीलाई ६ मत


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच पहिलो स्थानका लागि प्रतिस्पर्धा चलिरहेको छ ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को परिणाम आउँदा कांग्रेस उम्मेदवार डम्बर खड्का पहिलो र नेकपा एमालेका सुहाङ नेम्वाङ दोस्रो स्थानमा छन् ।

तर यहाँको निर्वाचन परिणामले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको अवस्था कमजोर देखाएको छ । दुईवटा वडाको परिणाम आउँदा समाजवादीका उम्मेदवार जितबहादुर राईले केबल ६ मत पाएका छन् ।

फाकफोकथुम १ र २ वडाको मत गन्दा उनलाई वडा नम्बर २ बाट ६ मत झरेको छ । वडा नम्बर १ बाट उनलाई १ मत पनि झरेन ।

एकीकृत समाजवादीका जितबहादुर ७४ को स्थानीय तहको निर्वाचनमा इलामको माईजोगमाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला उनी एमालेबाट उठेका थिए । २०७९ मा भने उनी पराजित भए ।

इलाम एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालको गृह जिल्ला पनि हो । खनालले आफू नउठेर राईलाई उम्मेदवार बनाएका हुन् ।

यहाँ अहिलेसम्म १८ सय ३६ मत गन्दा ३० मत बदर भएको निर्वाचन कार्यालयले जारी गरेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ०९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको