इलाम २ : कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले मतान्तर घटाए « Khabarhub

इलाम २ : कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले मतान्तर घटाए


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मत गनिसक्दा नेपाली कांग्रेसका डम्बर खड्काको अग्रता यथावत छ ।

पछिल्लो परिणामअनुसार कांग्रेसका डम्बर खड्का र एमालेका सुहाङ नेम्बाङबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

अहिले यी दुईको मतान्तर ४२ मा झरेको छ । यसअघि २ वटा वडाको मत गनिसक्दा खड्काले ८३ मतको अग्रता बनाएका थिए ।

फाकफोकथुम १, २, ३ वडा जम्मा ४१८१ मत गन्दा कांग्रेसका खड्का ४२ मतले अगाडि छन् । यहाँ उनले १६ सय ४३ मत ल्याउँदा एमालेका सुहाङले १६०१ मत ल्याएका छन् ।

तेस्रो स्थानमा मुढा लिएर उठेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् ।

आइतबार अपरान्ह ५ बजेसम्मको मतपरिणाम
डम्बर खड्का (रूख)  : १६४३
सुहाङ नेम्बाङ (सूर्य) : १६०१
डकेन्द्र थेगिम (मुढा) : ४३७
मिलन लिम्बू (घण्टी)  : ३०५

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : १७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ