इलाम २ : कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले मतान्तर घटाए « Khabarhub

इलाम २ : कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले मतान्तर घटाए


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मत गनिसक्दा नेपाली कांग्रेसका डम्बर खड्काको अग्रता यथावत छ ।

पछिल्लो परिणामअनुसार कांग्रेसका डम्बर खड्का र एमालेका सुहाङ नेम्बाङबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

अहिले यी दुईको मतान्तर ४२ मा झरेको छ । यसअघि २ वटा वडाको मत गनिसक्दा खड्काले ८३ मतको अग्रता बनाएका थिए ।

फाकफोकथुम १, २, ३ वडा जम्मा ४१८१ मत गन्दा कांग्रेसका खड्का ४२ मतले अगाडि छन् । यहाँ उनले १६ सय ४३ मत ल्याउँदा एमालेका सुहाङले १६०१ मत ल्याएका छन् ।

तेस्रो स्थानमा मुढा लिएर उठेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् ।

आइतबार अपरान्ह ५ बजेसम्मको मतपरिणाम
डम्बर खड्का (रूख)  : १६४३
सुहाङ नेम्बाङ (सूर्य) : १६०१
डकेन्द्र थेगिम (मुढा) : ४३७
मिलन लिम्बू (घण्टी)  : ३०५

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : १७ बजे

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध