काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी « Khabarhub

काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा आठ सय १८ हेक्टर वन जलेर नष्ट भएको छ । करिब तीन महिनाको अवधिमा उक्त क्षेत्रफलमा आगलागी भई क्षति पुगेको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ । 

जिल्लाका निजी वनपाखा, घर तथा टहरामासमेत आगलागीको घटना भएका छन् । कार्यालयका अनुसार जिल्लास्थित सव–डिभिजन वन कार्यालय अन्तरगतका केही सामुदायिक र राष्ट्रिय वनमा आगलागी भइरहेको छ । केही स्थानमा आगलागी नियन्त्रणमा आए पनि केही स्थानमा आगलागी भइरहेको कार्यालयका सूचना अधिकारी सरिता लामाले बताए। 

लामाका अनुसार वैशाख दोस्रो सातासम्म सव–डिभिजन वन कार्यालय चौवासअन्तर्गत १० स्थानमा आगलागी हुँदा चार सय २२ हेक्टर वनमा क्षति पुगेको छ । यस्तै सव–डिभिजन जनागालअन्तरगत चार स्थानको ३२ हेक्टर, सव–डिभिजन महादेवस्थान अन्तरगत पाँच स्थानमा १५ दशमलव ५ हेक्टर, सव–डिभिजन कटुन्जेअन्तर्गत दुई स्थानमा  एक सय ८२ हेक्टरमा आगलागी भएको थियो । 

त्यस्तै सव–डिभिजन खोपासी अन्तरगत आठ स्थानमा ४३ हेक्टर, सव–डिभिजन नमोबुद्धअन्तरगत १३ स्थानमा एक सय २३ हेक्टरमा आगलागी भएको जनाइएको छ । तेमालमा एक जनाको आगो निभाउन जाने क्रममा एक जनाको निधन भएको थियो । यस्तै आगलागीका क्रममा नौ जना घाइते भएका छन् ।

 वनपाखा, घर–टहरा तथा जङ्गलमा आगलागी हुँदा स्थानीय, प्रहरी, सशस्त्र प्रहरी तथा केही स्थानमा दमकलको सहायताबाट आगो नियन्त्रणमा लिने गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । 

आगलागीका कारण वन्यजन्तु, बोट बिरुवा र लोपोन्मुख वनस्पतिसमेत नष्ट भएको जनाइएको छ । डिभिजन वन कार्यालयले केही वन्यजन्तुको उद्धार गरेको लामाले बताए। उनका अनुसार उद्धार गरिएकामध्ये सुन कछुवा जिउँदै उद्धार भएको छ, भने तीन वटा भाले चितुवा, एक पोथी चितुवा तथा एक रतुवा मृग, एक दुम्सी मृत अवस्थामा फेला पारिएको थियो भने मृगको एक बच्चा जिउँदै अवस्थामा फेला पारिएको हो । दुम्सी मृत अवस्थामा फेला परेको छ ।  

वन कर्मचारीप्रति बदलाको भावना, जङ्गलमा घाँस पलाउने धारणा, वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने आशा, चोरी सिकारीले जङ्गलीजन्तुको सिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको बताइन्छ । 

सामुदायिक वनमा डढेलो लाग्न नदिन जिल्ला वन डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङबोर्ड राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, हानिनोक्सानी र कानुनी व्यवस्थाका बारेमा प्रचारप्रसार गर्दै आएको जनाएको छ । 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : २१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको