चलचित्र 'बलिदान' मा कलाकार बन्ने अवसर ! | Khabarhub Khabarhub

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण पक्षले अभिनयमा दख्खल राख्ने दुई कलाकारको लागि खुला अडिसन लिन लागेको हो । 

फिल्ममा निर्देशक सन्तोष सेनले आइतबार एक पुरुष र महिला कलाकार आवश्यक भएकाले प्रतिस्पर्धाबाट नयाँ कलाकारलाई अवसर दिन लागेको बताए । नेपाली भाषामा मैथिली उच्चारणसहित संवाद बोल्न सक्ने कलाकारको खोजि भइरहेको उनी बताउँछन् । 

उनका अनुसार अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने ‘लुक्स’ भएकी, साहस र कुटिलता झल्किने  हाउभाउ, चालढाल र एक्सनमा दख्खल राख्न सक्ने महिला कलाकारको आवश्यक परेको हो । साथै, ती प्रतिस्पर्धीसँग मोटरबाइक हाँक्ने र मार्सल आर्टको सीप हुनुपर्ने उनको भनाइ छ । 

त्यस्तै, पुरुष पात्रको लागि अन्दाजी २८ देखि ५५ वर्ष उमेर समूहको कलाकारको खोजी भएको उनले बताए ।

सेनका अनुसार इच्छुक र योग्य व्यक्तिले निर्माण पक्षले तोकेको दायरा पूरा गर्ने जो सुकैले अडिसनका लागि सम्पर्क गर्न सक्नेछन् । अडिसनमा सहभागी हुन इमेल ठेगाना [email protected] मा र ह्वाट्सएप नम्बर 9811840082  मा सम्पर्क गर्न सकिनेछ।

यही फिल्मबाट अभिनेता विराट भट्टका छोरा समीरले अभिनयमा डेब्यु गर्दैछन् । केन्द्रीय भूमिकामा उनी अनुबन्ध भइसकेका छन् । यसअघि अभिनेता सौगात मल्ल, अर्पण थापा, अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन्।

आसुसेन फिल्मस् प्रालि तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ५८ बजे

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई

वर्ल्डलिङ्कको रिट खारेज हुँदा राज्यकोषको अर्बौं रकम सुरक्षित

काठमाडौं – सर्वोच्च अदालतले वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग

चितवन – सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ

अफगानिस्तान : बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मी सङ्घर्षरत

सेख जलाल – आपत्कालीन सहायता र उद्धार टोलीहरूले आइतबार अचानक