कार्यदल बैठक बस्दै, टीओआरलाई अन्तिम रुप दिइँदै « Khabarhub

कार्यदल बैठक बस्दै, टीओआरलाई अन्तिम रुप दिइँदै


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक आज बस्दै छ ।

बिहान ११ बजे सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने बैठकले सत्ता पक्ष र प्रतिपक्षबीच सोमबार भएको सहमतिलाई अन्तिम रुप दिने बताइएको छ ।

कार्यदलमा सहमति भए आजबाट सदनका नियमित कामकारबाही निर्वाधरूपमा अगाडि बढ्नेछन् ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि ७ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भएको छ ।

समितिमा पाँच दलका प्रतिनिधि रहने समझदारी बनेको छ । जसमा कांग्रेस र एमालेका दुई–दुई तथा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक–एक जना सदस्य रहने छन् ।

दलहरुबीच सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने तर उनी संलग्न सहकारी तथा कम्पनीको नाम उल्लेख गरी छानबिन गर्ने समझदारी बनेको छ ।

यो पनि…
सहकारी प्रकरण स् सात सदस्यीय संसदीय समिति बन्ने, समयावधि तीन महिना

 

 

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : ३६ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि