उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने « Khabarhub

उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ ।

उत्तर कोरिया आफैँले यो जानकारी जापानलाई दिएको छ । यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ । तर, उत्तरले प्रक्षेपणको मिति भने दिएको छैन ।

समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार उत्तर कोरियाले जापानलाई उपग्रह प्रक्षेपणको बारेमा जानकारी दिएको उल्लेख गरेको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिका, दक्षिण कोरिया र अन्य देशलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् । यी देशहरूले यो प्रक्षेपण स्थगित गर्ने प्रयास गर्नुपर्ने उनले बताएका छन् ।

दक्षिण कोरियाको सेनाले पनि उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त गरेको पुष्टि गरेको छ ।

यसले उत्तर-पश्चिममा अवस्थित टोङचाङ्ग्री प्रक्षेपण सुविधाबाट उपग्रह प्रक्षेपण गर्नेछ । यस वर्षको सुरुमा उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले सन् २०२४ मा ३ वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको घोषणा गरेका थिए ।

यसअघि नोभेम्बरमा उत्तर कोरियाले पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो । यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भयो।

त्यसपछि उत्तर कोरियाले यो भूउपग्रहमार्फत अमेरिका र दक्षिण कोरियाको सैन्य गतिविधिमाथि नजर राख्न सक्ने बताइएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १० : ०४ बजे

जनकपुरविरुद्ध विराटनगरका लोकेश बम र इम्रान शेखले बनाए अर्धशतक

काठमाडौँ – जनकपुर बोल्ट्सविरुद्ध विरानटगर किंग्सका इम्रान शेख र लोकेश

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ७३ करोड विगो दाबी

काठमाडौँ  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस

भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो’ सुरू (तस्बिरहरू)

काठमाडौं– नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा

डोल्पा कारागारबाट कैदी फरार प्रकरण : छानबिन गर्न प्रदेश र केन्द्रको टोली पुग्यो

काठमाडौँ – डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार भएको

ओमानको तटमा जहाजमाथि हवाई आक्रमण, एक भारतीयको मृत्यु

काठमाडौँ – ओमानको तटनजिक व्यावसायिक जहाजमाथि सोमबार भएको हवाई आक्रमणमा एक