संसदीय समिति बनाउने सहमति कांग्रेसबाट अनुमोदन « Khabarhub

संसदीय समिति बनाउने सहमति कांग्रेसबाट अनुमोदन


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सहमतिलाई कार्यान्वयन गर्ने भएको छ ।

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा आज बसेको संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरूबीच भएको सहमतिलाई अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

लेखकका अनुसार अब कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रूप दिने बताइएको छ । अहिले कार्यादेशबारे छलफल गर्न दलहरू जुटेका छन् ।

लेखकले भने, ‘यसमा कसैको नाम वा पद लेखिहाल्ने भन्दा सहकारीको रकम जहाँ जहाँ गएको छ, कानुनी/गैरकानुनी रूपले गएको हेर्ने, त्यसमा संलग्न मानिस जो सुकै होस्, उसका बारेमा छलफल हुनसक्ने, छानबिन हुनसक्ने अनुसन्धान हुन सक्ने स्थिति बनाएको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक भएन ।’

उनका अनुसार आज ३ बजे बस्ने संसद् बैठकले कार्यादेशसहित संसदीय समिति बनाउने बताए ।

कांग्रेस नेताहरुका अनुसार बैठकले कार्यादेशसहित संसदीय समिति बनाउन ७ सदस्य टोली तय भएपछि मात्र अर्थमन्त्रीले बजेट भाषण गर्ने छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै निरन्तर फागुन ३० पछि संसद अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  १२ : १३ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई