संसदीय समिति बनाउने सहमति कांग्रेसबाट अनुमोदन | Khabarhub Khabarhub

संसदीय समिति बनाउने सहमति कांग्रेसबाट अनुमोदन


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउने सहमतिलाई कार्यान्वयन गर्ने भएको छ ।

नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा आज बसेको संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरूबीच भएको सहमतिलाई अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

लेखकका अनुसार अब कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रूप दिने बताइएको छ । अहिले कार्यादेशबारे छलफल गर्न दलहरू जुटेका छन् ।

लेखकले भने, ‘यसमा कसैको नाम वा पद लेखिहाल्ने भन्दा सहकारीको रकम जहाँ जहाँ गएको छ, कानुनी/गैरकानुनी रूपले गएको हेर्ने, त्यसमा संलग्न मानिस जो सुकै होस्, उसका बारेमा छलफल हुनसक्ने, छानबिन हुनसक्ने अनुसन्धान हुन सक्ने स्थिति बनाएको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक भएन ।’

उनका अनुसार आज ३ बजे बस्ने संसद् बैठकले कार्यादेशसहित संसदीय समिति बनाउने बताए ।

कांग्रेस नेताहरुका अनुसार बैठकले कार्यादेशसहित संसदीय समिति बनाउन ७ सदस्य टोली तय भएपछि मात्र अर्थमन्त्रीले बजेट भाषण गर्ने छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री जोडिएको भन्दै निरन्तर फागुन ३० पछि संसद अवरोध गरिरहेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  १२ : १३ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि