कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, अब संसदीय समिति बन्ने « Khabarhub

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, अब संसदीय समिति बन्ने


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन हुने भनिएको संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको बसेको बैठकमा चार बुँदे सहमति जुटेपछि कानुनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति शीर्ष तहका नेताहरूको बैठकमा भएको समझदारीअनुसार कार्यदलको मंगलबार बसेको बैठकले चार बुँदे सहमति गरेको हो ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको कार्यदलले जनाएको छ ।

सहमतिअनुसार संसदीय समितिमा सदस्यको संख्या ७ रहने छ भने उक्त समितिलाई ३ महिनाको कार्यावधि दिइने छ ।

समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमालेबाट २/२ र सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी र प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १/१ सदस्य रहने छन् ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  २ : २१ बजे

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच