कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, अब संसदीय समिति बन्ने « Khabarhub

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, अब संसदीय समिति बन्ने


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन हुने भनिएको संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलले प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको बसेको बैठकमा चार बुँदे सहमति जुटेपछि कानुनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति शीर्ष तहका नेताहरूको बैठकमा भएको समझदारीअनुसार कार्यदलको मंगलबार बसेको बैठकले चार बुँदे सहमति गरेको हो ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको कार्यदलले जनाएको छ ।

सहमतिअनुसार संसदीय समितिमा सदस्यको संख्या ७ रहने छ भने उक्त समितिलाई ३ महिनाको कार्यावधि दिइने छ ।

समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा एमालेबाट २/२ र सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी र प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १/१ सदस्य रहने छन् ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  २ : २१ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट