एमाले कोशीको संसदीय दलको उप नेतामा तिलकुमार मेन्याङ्बो « Khabarhub

एमाले कोशीको संसदीय दलको उप नेतामा तिलकुमार मेन्याङ्बो


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उप नेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन्  । 

एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको  दलको बैठकले दलको उप नेतामा मेन्याङ्बोलाई उप नेता चयन गरेको हो ।  

यस अघि राम राना दलको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उप नेता थिए। राना आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि संसदीय दलको उप नेताको जिम्मेवारी मेन्याङ्बोलाई दिएको नेकपा एमाले संसदीय दलका सचेतक कमला दर्नालले बताए ।

राना २०८० वैशाख २० गते एमाले कोशी प्रदेश संसदीय दलको उप नेतामा  चयन भएका थिए । दलको उप नेतामा चयन भएका मेन्याङ्बो नेकपा एमाले पोलिटब्युरो सदस्य हुन्। उनी ताप्लेजुङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

यस्तै बैठकले  कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा सुझाव दिन  ५  सदस्यीय कार्यदल बनाएको छ । संसदीय दलको बैठकले उप नेता तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको हो । 

कार्यदलमा सचेतक कमला दर्नाल, प्रदेश सभा सदस्य तिलचन पाठक, इन्द्रमणि पराजुली र जयप्रकाश चौधरी  सदस्य रहेका छन् । कार्यदलले आगामी आर्थिक वर्षका लागि सरकारले प्रदेश सभामा पेस गर्ने बजेट नीति तथा कार्यक्रम कस्तो बनाउने भनेर  सुझाव दिने छ । 

कार्यदलले १८ गते सम्ममा सुझाव दिइसक्ने  सचेतक कमला दर्नालले बताए  ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : १० बजे

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ

विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने

एजेन्सी– चीनको साङ्घाईमा आगामी जुलाईमा  विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६