एमाले कोशीको संसदीय दलको उप नेतामा तिलकुमार मेन्याङ्बो « Khabarhub

एमाले कोशीको संसदीय दलको उप नेतामा तिलकुमार मेन्याङ्बो


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उप नेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन्  । 

एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको  दलको बैठकले दलको उप नेतामा मेन्याङ्बोलाई उप नेता चयन गरेको हो ।  

यस अघि राम राना दलको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उप नेता थिए। राना आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि संसदीय दलको उप नेताको जिम्मेवारी मेन्याङ्बोलाई दिएको नेकपा एमाले संसदीय दलका सचेतक कमला दर्नालले बताए ।

राना २०८० वैशाख २० गते एमाले कोशी प्रदेश संसदीय दलको उप नेतामा  चयन भएका थिए । दलको उप नेतामा चयन भएका मेन्याङ्बो नेकपा एमाले पोलिटब्युरो सदस्य हुन्। उनी ताप्लेजुङबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

यस्तै बैठकले  कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा सुझाव दिन  ५  सदस्यीय कार्यदल बनाएको छ । संसदीय दलको बैठकले उप नेता तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको हो । 

कार्यदलमा सचेतक कमला दर्नाल, प्रदेश सभा सदस्य तिलचन पाठक, इन्द्रमणि पराजुली र जयप्रकाश चौधरी  सदस्य रहेका छन् । कार्यदलले आगामी आर्थिक वर्षका लागि सरकारले प्रदेश सभामा पेस गर्ने बजेट नीति तथा कार्यक्रम कस्तो बनाउने भनेर  सुझाव दिने छ । 

कार्यदलले १८ गते सम्ममा सुझाव दिइसक्ने  सचेतक कमला दर्नालले बताए  ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : १० बजे

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण

बेलायती सांसदमाथि चीनले लगाएको प्रतिबन्ध फुकुवा गरेको प्रधानमन्त्री स्टार्मरको दाबी

सांघाई – चीनको उइगुर अल्पसंख्यक समूहमाथि भएको कथित मानवअधिकार उल्लंघनको

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची – सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

वीरगञ्ज भन्सारबाट छ महिनामा १८ अर्बका सवारी आयात

वीरगञ्ज- वीरगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्षको छ महिनामा १८