आर्थिक सुधारको वर्ष घोषणा गर्छु, बजेटले नागरिकमा आशा जगाउनेछ : अर्थमन्त्री « Khabarhub

आर्थिक सुधारको वर्ष घोषणा गर्छु, बजेटले नागरिकमा आशा जगाउनेछ : अर्थमन्त्री


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य वाचन गरिरहेका अर्थमन्त्री पुनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न र आर्थिक सुधारका कार्यक्रम अघि बढाउने भन्दै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रम : एमालेको सत्तारोहणसँगै फर्कियो ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’

आगामी बजेटलाई आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएका चुनौती सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रूपमा प्रस्तुत गरेको मन्त्री पुनले बताएका छन् ।

‘केही समयदेखि शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको निरन्तर प्रयासबाट चलायमान हुँदै गएको छ । विगतमा शुरु गरिएका आर्थिक सुधारका उपलब्धीलाई संस्थागत गर्दैै बदलिँदो विश्व अर्थव्यवस्था र नेपालको वस्तुगत आवश्यकतालाई दृष्ट्रिगत गरी अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउन आवश्यक ठानेको छु,’ अर्थमन्त्री पुनले भने, ‘संविधानको परिकल्पनाअनुसार राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतशील बनाउँदै समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणका लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक देखिएको छ ।’

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : ३० बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा