द्रूत गतिको इन्टनेट सेवाको लागि ५९ करोड बजेट « Khabarhub

द्रूत गतिको इन्टनेट सेवाको लागि ५९ करोड बजेट


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा उच्च गतिको इन्टरनेट सेवाको लागि ५९ करोड विनियोजन गरेका छन् ।

मन्त्री पुनले संघीय सदनमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट भाषणा उक्त कार्यक्रम घोषणा गरेका हुन् ।

चालु आर्थिक वर्षमा इन्टरनेको पहुँच द्रूत गतिमा पुराउने लक्ष लिएको थियो । निर्वतमान अर्थमन्त्री डा. प्रकाशरण महतले प्रतुत गरेका चालु आवको बजेटमा उच्च क्षमताको अप्टिकल फाइबरमार्फत ईन्टरनेट ब्रोडब्याण्ड सेवा सबै स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय एवम् क्याम्पस र स्वास्थ्य संस्थामा पुर्‍याइने भनिएको थियो ।

त्यस्तै मुलुकभर द्रूत गतिको इन्टरनेटको पहुँच पुर्‍याउन फोरजी सेवा विस्तार गरिने समेत घोषणा महतले गरेका थिए ।

हाल ब्रोडव्याण्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्दमसम्म पुगेको चालु आवमा अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

इन्टरनेट ५ हजार ९५१ वडा केन्द्रमा, ४ हजार २७२ स्वास्थ्य केन्द्र र ५ हजार ३४१ सामुदायिक माध्यमिक विद्यालयमा सेवा विस्तार भएको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ४७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया