बजेटमा गाँजा, संसद्‌मा ताली परर ! « Khabarhub

बजेटमा गाँजा, संसद्‌मा ताली परर !


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा गाँजाको व्यवसायिक उत्पादनबारे बोलिरहँदा संसद्‌मा सांसद्‌हरूले परर ताली पिटेका छन्‌ ।

अधिकांश सांसद्‌हरूले नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग राखिरहेका थिए । त्यस निम्ति बजेटमार्फत सम्बोधन हुनुपर्ने र कानूनमा आवश्यक संशोधन गर्नुपर्ने उनीहरूको माग थियो ।

सांसद्‌हरूको मागलाई अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत पूरा गरिदिएका हुन्‌ ।

‘औषधीय प्रयोजनका लागि गाँजाकाे व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइनेछ,’ बजेट वक्तव्यमा उल्लेख छ ।

अर्थमन्त्रीले यो वाक्य पढ्नासाथ संसद्‌ भवन सांसद्हरूको तालीले गुञ्जायमान भएको थियो ।

अब सरकारले आवश्यक कानूनी व्यवस्था मिलाए नेपालमा व्यवसायिक गाँजाखेती गर्न सकिनेछ । किसानले कानूनसम्मत ढंगले गाँजा लगाए प्रहरीले फँडानी गर्नेछैन । तर लागुऔषध प्रयोजनमा खेती गरे थप कारबाही हुनेछ ।

गाँजाबाट नेपालमा औषधी, तेल र लत्ताकपडासमेत उत्पादन गर्न सकिने सम्भावना छ । अमेरिकाको दबाबमा नेपालले लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ल्याई गाँजा खेतीमा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्ध हालसम्म कायमै छ । तर स्वयम्‌ अमेरिकाले आफ्ना विभिन्न राज्यमा गाँजा खेतीलाई वैधानिकता दिइसकेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि सरकारले गाँजाको खेतीको सम्भाव्यता खोज्ने जनाएको थियो । तर हालसम्म ठोस कदम चालेको छैन ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : २८ बजे

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ– माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल

ग्यास वितरण पारदर्शी बनाउन चितवनमा नयाँ व्यवस्था

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल