बजेट वक्तव्य : जनकपुरलाई विवाह गन्तव्य बनाइने | Khabarhub Khabarhub

बजेट वक्तव्य : जनकपुरलाई विवाह गन्तव्य बनाइने


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -धनुषाको जनकपुरधामलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ ।

राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हरेक मार्ग शुक्लपक्ष पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेला लाग्छ ।

आश्विन पूर्णिमाका दिन अयोध्याका नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री रामजानकीको शुभविवाह भएको प्रसङ्ग प्राचीन ग्रन्थहरुमा पाइन्छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : १८ बजे

युरोकप २०२४ : इंग्ल्याण्डको विजयी सुरुवात

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा इंग्ल्याण्डले विजयी सुरुवाती गरेको छ

नेपाललाई आठौं सफलता : सन्दीप लामिछानले पुर्याए १०० टी-२० विकेट

काठमाडौं – आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले

नेपाललाई सातौ सफलता : सन्दीप लामिछानेले लिए विकेट

काठमाडौं- आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले सातौ

काठमाडौंसहित केही ठाउँमा वर्षा, दिउँसोको अवस्था कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कप्तान पौडेलले लिए व्यक्तिगत दोस्रो विकेट : नेपाललाई छैटौ सफलता

काठमाडौं – आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले